PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

दल विभाजन अध्यादेश : बानेश्वरमा नेता फकाउँदै माधव नेपाल, संसद भवनमा 'प्रतिकार' गर्नेबारे छलफलमा ओली



पहिलोपोस्ट

दल विभाजन अध्यादेश : बानेश्वरमा नेता फकाउँदै माधव नेपाल, संसद भवनमा 'प्रतिकार' गर्नेबारे छलफलमा ओली

काठमाडौं : सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएपछि माधव कुमार नेपाल नेताहरुलाई आफ्नो पक्षमा ल्याउन छलफलमा जुटेका छन्।

नेकपा एमालेको विवाद बढ्दै जाँदा दल विभाजन सहज हुने गरी देउवा सरकारले अध्यादेश ल्याएको हो। अध्यादेशमा अब संसदीय दल वा केन्द्रीय समितिका २० प्रतिशत सदस्यले चाहेमा दल विभाजन गर्नसक्ने प्रावधान राखिएको बताइएको छ। त्यसैले नेपाल अहिले आफ्नो पक्षमा संख्या जुटाउन लागेका हुन्।

अहिले बानेश्वस्थित अर्याल होटलमा माधव नेपाल पक्षका नेता एवम् सांसद छलफलमा जुटेका हुन्।

नेपालले पहिला आफूलाई साथ दिएका र हाल पार्टी अध्यक्ष केपी शर्मा ओलीको समूहमा रहेका केन्द्रीय सदस्य र सांसदलाई फकाउने प्रयास गरिरहेका छन्। नेपालले पार्टी विवादमा 'कित्ता किल्यर' नगरेकाहरुलाई आफ्नो समूहमा ल्याउने प्रयास गरेका हुन्।

ओलीले भने पार्टी विभाजन हुने गरि ल्याइने अध्यादेशको प्रतिकार गर्ने बताइसेका छन्।

संसद भवन बानेश्वरमा ओली समूहको संसदीय दल बैठक अहिले बसिरहेको छ। बैठकमा देउवा सरकारले ल्याएको अध्यादेशको काउन्टर दिने बारेमा छलफल भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell