PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

कांग्रेस कञ्चनपुरका नौ वटै स्थानीय तहमा नेतृत्व चयन, कुन तहमा कसको नेतृत्व?



कांग्रेस कञ्चनपुरका नौ वटै स्थानीय तहमा नेतृत्व चयन,  कुन तहमा कसको नेतृत्व?

कञ्चनपुर : नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत जिल्लाका नौ वटै स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ। नौ वटै स्थानीय तहमा शनिबार गाउँ, नगर अधिवेशन सम्पन्न भएको छ। शुक्लाफाँटा नगरपालिका र दोधारा चाँदनी नगरपालिकामा मात्रै सबै पदमा सहमतिका आधारमा नेतृत्व चयन गरिएको छ। अन्य सात स्थानीय तहमा निर्वाचन प्रक्रियाद्वारा नेतृत्व चयन गरिएको छ।    
    
शुक्लाफाँटा नगरसमितिको सभापतिमा दानसिंह ऐरसहितका सबै पदाधिकारी सहमतिका आधारमा चयन भएका छन्। नगर उपसभापतिमा देवराज जोशी र हरिसिंह कुँवर चयन भए। नगर सचिवमा हिमालय चन्द र हरेन्द्रकुमार भण्डारीलाई चयन गरिएको छ। यसैगरी सहसचिवमा तारादत्त अवस्थी र ध्रवराज पन्त चयन भए। सदस्यसमेत सहमतिकै आधारमा छिनोफोनो गरिएको छ। कोषाध्यक्ष पदका लागिसमेत सहमतिकै आधारमा नेतृत्व चयन गरिने नेपाली कांग्रेस शुक्लाफाँटाका निवर्तमान सभापति जयबहादुर बिष्टले बताए।    
    
भीमदत्त नगरको सभापतिमा अच्युतराज कलौनी निर्वाचित भए। कलौनी निकटतम प्रतिद्वन्द्वी आशिष खत्रीलाई १२३ मतको अन्तरले हराउँदै नगर सभापतिमा निर्वाचित भए। कलौनीले २५० र खत्रीले १२६ मत ल्याएका थिए। उपसभापतिमा क्रमशः दिपेन्द्रसिंह विष्ट २३२, सुशील भट्ट २५५, सचिवमा क्रमस, नितु भट्ट (भण्डारी) २२६, शाहिल भट्ट २०१, सहसचिवमा क्रमशः केशवदत्त पाण्डे २५५ र नारायण पन्त १७६ मत ल्याई विजयी भए।    
    
बेदकोट नगरपालिकाको सभापतिमा तुलाराम साहु निर्वाचित भए। साहु आफ्ना निकटतम प्रतिद्वन्द्वी पुष्पराज भट्टलाई सात मतको अन्तरले हराउँदै नगर सभापतिमा निर्वाचित भएका हुन्। शाहुले ७८ र भट्टले ७१ मत ल्याएका थिए। उपसभापति पदमा क्रमशः चन्द्र कुँवर ९१, भोजराज भट्ट ७४, दिलुप्रसाद बोहराले ६१, मथुरा चन्दले ४९ मत, सचिव पदमा सुवास मल्ल ७२ मत, अमृत बोहरा ७६, पवन नेपाली, ५७ मत, सहसचिव पदमा भुवन अर्याल ८३, लक्ष्मीदेवी पातली ८०, तीर्थराज उप्रेती ६७ र शेरबहादुर ऐरले ५८ मत ल्याएर विजयी भएका हुन्।    
    
कृष्णपुर नगरसमितिको सभापतिमा विष्णु खड्का निर्विरोध चयन भए। कांग्रेसको १४औँ नगर सभापतिमा खड्का एक्लैको उम्मेदवारी परेपछि उहाँ निर्विरोध चयन भएका हुन्। नगर उपसभापतिमा प्रकाश खड्का र गजेन्द्रसिंह धामी चयन भए। नगरसचिवमा सहमति हुननसकेपछि चुनावी प्रक्रियाद्वारा पदाधिकारी चयन गरिएका छन्। सचिव पदमा राजबहादुर रोकाया र सुरत महता चयन भएका छन्। रोकायाले कूल १२४ मत र महताले ९८ मत पाउनुभएको थियो । यसैगरी सहसचिवमा शोभा खुना र राकेश महरा चयन भए।    
    
नेपाली कांग्रेस लालझाडीको गाउँसमितिको सभापतिमा श्रीकृष्ण राना निर्वाचित भएका छन्। उनका प्रतिद्वन्द्वी राजेश राना दोब्बर मत अन्तरले पराजित भए। निर्वाचित रानाले ६३ र राजेशले २७ मत पाएका थिए। गाउँसमितिको उपसभापतिमा वीरबहादुर विष्ट, लक्ष्मण राना, सचिवमा रमेश विष्ट, मेघ राना, सहसचिवमा शिवनारायण चौधरी र रामबहादुर चौधरी निर्वाचित भए।    
    
बेलडाँडी गाउँसमितिको सभापतिमा गजबहादुर विष्ट निर्वाचित भएका छन्। निर्वाचनमा खसेको ८५ मतमध्ये गजबहादुरले ४५ मत पाए। उनका निकटतम प्रतिद्धन्दी पृतबहादुर विष्ट रहेका थिए। उप सभापतिमा टीकासिंह खड्का ४३ र ठगना राना ४० मतका साथ निर्वाचित भए। यस्तै सचिवमा विजयी धनबहादुर रोकाया र सचिवमा कुलैराज उपाध्याय विजयी भएका छन्। सहसचिवमा भने देशुराम चौधरी र नरेशसिंह धामी विजयी चयन भए।    
    
बेलौरी नगर सभापतिमा पेपुराम चौधरी निर्वाचित भएका छन्। चौधरी ९० मत प्राप्त गरी विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी विक्रम चन्दले ८० मत प्राप्त गरेका थिए। उपसभापतिमा दीपकसिंह विष्ट ९६ र योगबहादुर चन्द ८६ मतसहित निर्वाचित भए। सचिवमा कन्हैया राना ८५ र भूपेन्द्रबहादुर शाही ८९ मतसहित निर्वाचित भएका छन्। त्यसैगरी सहसचिवमा राजेन्द्रसिंह राय ८७ र नरेन्द्रसिंह विष्ट ८१ मतसहित निर्वाचित भएको मतदान अधिकृत जनकबहादुर चन्दले जानकारी दिए।    
    
पुर्नवास नगर कार्यसमितिको सभापतिमा शुकबहादुर तामाङ विजयी भएका छन्। तामाङ निकटम प्रतिद्वन्दी दिलबहादुर बोहरालाई १० मतलेपछि पार्दै विजयी भएका हुन्। उपसभापतिका उम्मेदवार खगेन्द्र ओझा ८९ र नगेन्द्र श्रेष्ठले ७९ मत ल्याएर विजयी भए। त्यसैगरी सचिव पदका उम्मेदवार परी रावल ८० र चन्द्रमणि गैरे ७७ मत ल्याएर विजयी भएका छन्। सहसचिवका उम्मेदवार रामकुमार रानाले ७५ र लौटन राना ७२ मत ल्याएर विजयी भए।    
    
दोधारा चाँदनी नगरसभापतिमा राजेन्द्र मल्ल सर्वसम्मत रुपमा चयन भए। मल्लको नेतृत्वमा ५७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ। निर्वाचन अधिकृत धर्मराज पण्डितका अनुसार उपसभापतिमा रामकृष्ण जोशी, कर्णबहादुर सिंह सचिवमा महेन्द्र विष्ट, दिलबहादुर सिजाली तथा सहसचिवमा रमेश भण्डारी र कुशालसिंह साउद निर्विरोध चयन भए। रासस

सम्बन्धित समाचार

मकवानपुर कांग्रेसको १० वटै तहको गाउँ/नगर अधिवेशन सम्पन्न, कहाँ को चुनिए?

कांग्रेस पालिका अधिवेशन : रुपन्देहीका १६ वटै स्थानीय तहले पाए नयाँ नेतृत्व

कांग्रेस कञ्चनपुरका नौ वटै स्थानीय तहमा नेतृत्व चयन, कुन तहमा कसको नेतृत्व?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell