PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

कांग्रेस पालिका अधिवेशन : रुपन्देहीका १६ वटै स्थानीय तहले पाए नयाँ नेतृत्व



पहिलोपोस्ट

कांग्रेस पालिका अधिवेशन :  रुपन्देहीका १६ वटै स्थानीय तहले  पाए नयाँ नेतृत्व

काठमाडौं : नेपाली कांग्रेस रुपन्देहीका १६ वटै स्थानीय तहमा नेतृत्वको छिनोफानो भएको छ।  शनिवार सबै स्थानीय तहमा भएको निर्वाचन मार्फत स्थानीय तहले नयाँ नेतृत्व पाएका हुन्। 

जसमध्ये जिल्लाको एक मात्र उपमहानगरपालिकामा खेलराज पाण्डेय सभापतिमा निर्वाचित भएका हुन्। उनले प्रतिस्पर्धी रिता केसीलाई पराजित गरेका हुन्। पाण्डेयले  ४१२ मत ल्याउँदा केसीले १२४ मत मात्र प्राप्त गरेकी थिइन्। 

त्यस्तै तिलोत्तमा नगरपालिकामा हरिलाल पाण्डे सभापति पदमा विजयी भएका हुन्। उनले प्रतिस्पर्धी नारायण न्यौपानेलाई २ मतको अन्तरले पराजित गरे। पाण्डेले १७४ मत ल्याउँदा न्यौपानेले १७२ मत ल्याएका थिए। त्यस्तै अर्का सभापति पदका उम्मेदवार हरि तिवारीले ३० मत मात्र प्राप्त गरे।  

त्यस्तै सैनामैना नगरपालिकामा रण बहादुर खनाल विजयी भएका छन्। उनले १२६ मत ल्याएर कृष्ण प्रसाद पोखरललाई पराजित गरे। पोखरेलले १०२ मत प्राप्त गरे। 

देवदह नगरपालिकामा गुनाखर भुर्तेल विजयी भएका छन्। त्यहाँ भुर्तेलले प्रतिस्पर्धी झविन्द्रप्रसाद पाण्डेलाई तीन मतले पराजित गरेका हुन्। भुर्तेलले १०३ मत प्राप्त गर्दा पाण्डेले १०० मत प्राप्त गरे। 

सिद्धार्थनगर नगरपालिकामा कोसिसवहादुर खड्का विजयी भए। उनले संजीव शर्मा रेग्मीलाई पराजित गरेका हुन्।   

लुम्बिनी सांस्कृतिक नगरपालिकामा भने मोहम्मद सइद खाँसहितका सबै पदाधिकारी निर्विरोध भए। 

रुपन्देहीका ५ नगर मध्ये चार वटामा देउवा पक्षका सभापतिका उम्मेद्वार विजयी भए। विजयी मध्ये सिद्धार्थनगर, लुम्बिनी सांस्कृतिक, तिलोत्तमा र सैनामैनाका सभापति हुन्। त्यस्तै बुटवल उपमहानगरपालिकासहित देवदह नगरपालिकाका सभापति पौडेल पक्षका हुन्। 

यसैबीच गैडहवा, कोटहिमाई, मर्चावरी र ओमसतिया गाउँपालिकामा निर्विरोध कार्यसमिति चयन भएको छ। गैडहवामा सत्यनारायण पथिक,  कोटहिमाईमा अवधराम यादव, मर्चवारीमा जनार्दन यादव र ओमसतियामा भगवानप्रसाद चौधरी निर्विरोध भएका छन्। 

त्यस्तै कञ्चन गाउँपालिकामा देवीराम रेग्मी, मायादवेवीमा पदम भण्डारी, रोहिणीमा पारसनाथ योगी, सियारीमा गोपाल पाण्डे र शुद्धोधनमा दामोदर पौडेल विजयी भएका छन्। त्यस्तै सम्सरीमाईमा रमेश यादव विजयी भएका छन्। 

सम्बन्धित समाचार

मकवानपुर कांग्रेसको १० वटै तहको गाउँ/नगर अधिवेशन सम्पन्न, कहाँ को चुनिए?

कांग्रेस पालिका अधिवेशन : रुपन्देहीका १६ वटै स्थानीय तहले पाए नयाँ नेतृत्व

कांग्रेस कञ्चनपुरका नौ वटै स्थानीय तहमा नेतृत्व चयन, कुन तहमा कसको नेतृत्व?

कांग्रेस सिन्धुलीका ९ वटै स्थानीय तहको अधिवेशन सम्पन्न : ७ मा सर्वसम्मत, दुईमा निर्वाचन

डोटी कांग्रेसको गाँउ/नगर अधिवेशन सम्पन्न, नेतृत्वमा को - को?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell