PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

मकवानपुर कांग्रेसको १० वटै तहको गाउँ/नगर अधिवेशन सम्पन्न, कहाँ को चुनिए?



निशा गुरुङ

मकवानपुर कांग्रेसको १० वटै तहको गाउँ/नगर अधिवेशन सम्पन्न, कहाँ को चुनिए?

हेटौंडा : नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत मकवानपुरको १० वटा स्थानीय तहहरुमा गाउँ तथा नगर अधिवेशन सम्पन्न भएको छ।
नेपाली कांग्रेस हेटौंडा नगरको सभापतिमा उत्सव इटेनीको प्यानलनै निर्वाचित भएको छ। शनिबार भएको हेटौंडा उपमहानगरपालिकाको नगर अधिवेशनमा सभापतिमा इटेनीको प्यानलनै विजयी भएको हो। इटेनीले सभापतिका अर्का उम्मेदवार महेन्द्र राउतलाई भारी मतले पराजित गरी विजयी बनेका हुन्। नगर सभापति इटेनीले २ सय ८४ मत प्राप्त गर्दा अर्का उम्मेदवार महेन्द्र राउतले १३२ मत प्राप्त गरे। उपसभापतिमा इटेनी प्यानलबाट उम्मेदवार रहेका रामकृष्ण कोइरालाले ३ सय मत, डोल्मा स्याङ्बोले २ सय ५७ प्राप्त गरी विजयी भएका हुन्। अर्का उम्मेदवार राउन प्यानलबाट ज्योती कोइरालाले १ सय २६ मत र शेशन गोलेले ९३ मत प्राप्त गरे।

यसैगरि सचिवमा सविन न्यौपाने २ सय ९७ मत अर्का सचिवमा हर्करत्न लामाले २ सय २२ मत प्राप्त गरि विजयी भए। यसैगरि अर्का सचिव उम्मेद्वार कुमार पोखरेलले १ सय ६३ मत र गंगा प्रसाद पौडेलले १ सय १० मत प्राप्त गरे। त्यसैगरी सहसचिव पदमा निगम श्रेष्ठले २ सय ५८ मत र विकास बानियाँले २ सय ६५ मत प्राप्त गरी विजयी भएका हुन्। यसैगरि अर्का सहसचिव पदका उम्मेद्वार अञ्जनी पराजुलीले १ सय ५७ मत राजकुमार जोशीले ८४ मत प्राप्त गरेका थिए।

नेपाली कांग्रेस बकैया गाउँपालकाको सभापतिमा दिलबहादुर भोम्जन चयन भएका हुन्। सभापतिमा भोम्जन सर्वसम्मत चयन भएको हुन्। अधिवेशनले भोम्जनको संयोजकत्वमा ६७ सदस्यीय गाउँ ससमिति चयन गरेको छ। यस्तै, सो अधिवेशनबाट उपसभापतिमा सोमबहादुर तिमल्सिना र लोकेन्द्र माझी, सचिवमा बलराम दुलाल र सुनिल दर्लामी मगर, सह–सचिवमा युवराज थापा र कमलबहादुर घले सर्वसम्मत चयन भएका हुन्।
यस्तै, कांग्रेस राक्सिराङ गाउँपालिकाको सभापतिमा सभापतिमा विरेन्द्र जिम्बा निर्वाचित भएका छन्। शनिबार भएको कांग्रेसको १४ औं अधिवेशनबाट सभापतिमा जिम्बा निर्वाचित भएका हुन्। उनले निकटतम प्रतिद्वन्दी देबबहादुर लामालाई १० मत अन्तरले पराजित गरेका हुन् सभापति जिम्बाले ८१ मत प्राप्त गरेका थिए भने उनका प्रतिवन्दी निकटतम लामाले ७१ मत प्राप्त गरे। यस्तै, कांग्रेस राक्सिराङको उपसभापतिमा मोहन नगरकोटी र बुद्धराम मोक्तान, सचिवमा महेश कुमार प्रजा र कोपिला गोले, सह–सचिवमा बिपिमाया मोक्तान र ज्ञानबहादुर ब्लोन निर्वाचित भएका छन्।

नेपाली कांग्रेस कैलाश गाउँपालिकाको सभापतिमा राजेन्द्र घिसिङ निर्वाचित भएका छन्। सभापतिमा घिसिङ निर्वाचित भएका हुन्। उनले निकटतम प्रतिद्वन्दी गुणराज स्याङ्तानलाई ९९ मत अन्तरले पराजित गरेका थिए।  सभापति घिसिङले १ सय ३७ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्दी स्याङ्तानले ३८ मत प्राप्त गरे। यस्तै, उपसभापतिमा मानबहादुर वाइवा र कामी सिं स्याङ्तान निर्वाचित भएका छन्। उपभापति वाईबाले १ सय ३२ मत प्राप्त गरेका थिए भने स्याङ्तान १ सय १६ मत प्राप्त गरेका थिए।

त्यस्तै, सचिव पदमा आशिष प्रजा र प्रकाश राना मगर निर्वाचित भएका छन्। सचिव प्रजाले १ सय २२ मत प्राप्त गरेका थिए भने मगरले १ सय १२ मत प्राप्त गरे। यसैगरी, सहसचिवमा विश्वनाथ थापा र दृढचन्द्र प्रजा निर्वाचित भएका छन्। थापाले १ सय १२ मत प्राप्त गरेका थिए भने प्रजाले १ सय मत प्राप्त गरेका थिए।

नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा प्रमोदकृष्ण जोशी निर्वाचित भएका छन्। अधिवेशनबाट सभापतिमा जोशी निर्वाचित भएका हुन्। उनले निकटतम प्रतिद्वन्दी भरत गोपालीलाई २८ मत अन्तरले पराजित गरेका हुन्। सभापति जोशीले १ सय ९ मत प्राप्त गरेका थिए भने निकटतम प्रतिद्वन्दी गोपालीले ८१ मत प्राप्त गरेका थिए। यस्तै, उपसभातिमा नवराज कार्की र उद्धब लामिछाने निर्वाचित भएका छन्। कार्कीले १ सय १४ र लामिछानेले १ सय २ मत प्राप्त गरेका थिए भने अर्का उम्मेदवार सोमप्रसाद गर्तौलाले ८९ मत प्राप्त गरेका थिए।

यसैगरी, सचिवमा भिमसेन मोक्तान र कर्णबहादुर गोपाली निर्वाचित भएका छन्। मोक्तानले १ सय १२ र गोपालीले १ सय ४ मत प्राप्त गरेका थिए। यस्तै, सहसचिव मा सत्यदेवी स्याङतान र सुरेन्द्र श्रेष्ठ निर्वाचित भएका छन्। स्याङ्तानले १ सय ६५ र श्रेष्ठले ९५ मत प्राप्त गरेका थिए। अधिवेशनले ३२ जना सदस्यसमेत सर्वसम्मत चयन भएका छन्।

नेपाली कांग्रेस मनहरी गाउँपालिकाको सभापतिमा प्रकाश बर्तौला निर्वाचित भएका छन्। शनिबार भएको कांग्रेसको १४ औँ गाउँ अधिवेशनबाट बर्तौला सभापतिमा निर्वाचित भएका हुन्। उनले निकटतम प्रतिद्वन्दी शंखर न्यौपानेलाई २१ मतले मत अन्तरले पराजित गरेका हुन्। सभापति बर्तौलाले कूल खसेको १ सय ६१ मत मध्ये ८२ मत प्राप्त गरेका थिए। उनका निकटतम प्रतिद्वन्दी न्यौपानेले भने ६१ मत प्राप्त गरे। १६ मत भने बदर भएको मतदान अधिकृत रामसागर गुरागाईँले जानकारी दिए।

त्यस्तै उपसभापतिमा सुर्य बहादुर रोक्का र उत्तम बहादुर थापा सर्वसम्मत चयन भएका छन्। सचिवमा अनन्तप्रकाश अर्याल र हरिचन्द्र शाही तथा सह सचिवमा गंगामाया कोइराला र चट्टान स्याङ्तान पनि सर्वसम्मत चयन भएका हुन्। ४५ सदस्यीय कार्यसमितिमा अधिवेशनले पदाधिकारीसहित ३६ जना चयन गरेको छ भने बाँकी ९ जना कार्यसमितिले मनोनित गर्नेछ। कूल १ सय ६८ मतमध्ये १ सय ६१ जनामात्रै निर्वाचन प्रक्रियामा सहभागि भएका थिए।

नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिकाको सभापतिमा राजविर मोक्तान निर्वाचित भएका छन्। कांग्रेसको १४ औँ गाउँ अधिवेशनबाट मोक्तान सभापतिमा निर्वाचित भएका हुन्। उनले निकटतम प्रतिद्वन्दी अर्जुन दाहाललाई ३७ मत अन्तरले पराजित गरेका हुन्। सभापति मोक्तानले ८७ मत प्राप्त गरेका थिए भने निकटतम प्रतिद्वन्दी दाहालले ५० मत प्राप्त गरेको निर्वाचन अधिकृत टिकाप्रसाद दाहालले जानकारी दिए। त्यस्तै उपसभापतिहरुमा थलनाथ घिमिरे र शुसिला फुँयाल निर्वाचित भएका छन्। सचिवमा आइतसिंह लो र प्रतिमान रुम्बा तथा सह सचिवमा राजेन्द्र लम्साल र रामप्रसाद चौरेल सर्वसम्मत चयन भएका हुन्। अधिवेशनले ३२ जना सदस्यसमेत सर्वसम्मत चयन गरेको छ।

नेपाली कांग्रेस इन्द्रसरोवर गाउँपालिकाको सभापतिमा विश्वलाल लामा चयन भएका छन्। शनिबार भएको कांग्रेसको गाउँ अधिवेशनबाट लामा सभापतिमा सर्वसम्मत चयन भएको मतदान अधिकृत मदन लामिछानेले बताए। त्यस्तै उपसभापतिमा किशोर बास्ताकोटी र कृष्ण बहादुर भोम्जन सर्वसम्मत भएका छन्। अधिवेशनले सचिवमा अर्जुन बानियाँ र कृष्ण महर्जन तथा सह–सचिवमा बसन्ती स्याङ्तान र सुर्य पाख्रिनलाई चयन गरेको छ। कार्यसमितिमा १५ जना सदस्य सर्वसम्मत भएको र थप ७ जना मनोनित गरी कूल ३३ जनाको कार्यसमिति रहने जनाइएको छ। इन्द्रसरोवरमा वडा सभापति र क्षेत्रीय प्रतिनिधि गरी कुल ७८ जना मतदाता छन्।

नेपाली कांग्रेस बागमती गाउँपालिकाको सभापतिमा फणिन्द्र तिमल्सिना निर्वाचित भएका छन्। कांग्रेसको गाउँ अधिवेशनबाट तिमल्सिना निर्वाचित भएका हुन्। उनले ७५ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी दिल्ली प्रसाद घोरासाइनीले ६१ मत प्राप्त गरेका थिए। तिमल्सिनाले निकटतम प्रतिद्वन्दी घोरासाइनीलाई १४ मतले पराजित गरेका हुन्।

त्यसैगरी उपसभापतिमा जगतबहादुर लामा र मंगललाल वाइवा तथा सचिवमा सुदिप पाख्रिन र सिरित कुमार राई निर्वाचित भएको जनाइएको छ। सहसचिवमा भानु सोराली मगर र बीरबहादुर थोकर सर्वसम्मत चयन भएको बताईएको छ।
नेपाली कांग्रेस भीमफेदी गाउँपालिकाको सभापतिमा सञ्जिव श्रेष्ठ चयन भएका छन्। कांग्रेसको गाउँ अधिवेशनबाट श्रेष्ठ सभापतिमा निर्वाचित भएको हो। उनले निकटतम प्रतिद्वन्दी नारायण आलेलाई १८ मतले पराजित गरेका हुन्। सभापति श्रेष्ठले कूल खसेको १ सय ५६ मत मध्ये ८६ मत प्राप्त गरेका थिए। उनका निकटतम प्रतिद्वन्दी थापाले भने ६८ मत प्राप्त गरेका थिए। २ मत भने बदर भएको मतदान अधिकृत सुमनकुमार मानन्धरले जानकारी दिए।

कुल ४५ सदस्यीय गाउँ कमिटीका लागि आज भएको निर्वाचन कार्यक्रमबाट श्रेष्ठको नेतृत्वमा १६ जना प्रतिनिधिहरु निर्वाचित भएका छन्। १८ जना प्रतिनिधि भने समानुपातिक तर्फका रहने व्यवस्था रहेको छ। श्रेष्ठको नेतृत्वमा उपभापतिमा जबर सिं वाईबा र रुद्र लामा, सचिवमा सुन्दर गोले र सुमित्रा थिङ, मन्जुमाया भोलन र सुमित्रा नेगी सर्वसम्मत चयन भएका छन्।

सम्बन्धित समाचार

मकवानपुर कांग्रेसको १० वटै तहको गाउँ/नगर अधिवेशन सम्पन्न, कहाँ को चुनिए?

कांग्रेस पालिका अधिवेशन : रुपन्देहीका १६ वटै स्थानीय तहले पाए नयाँ नेतृत्व

कांग्रेस कञ्चनपुरका नौ वटै स्थानीय तहमा नेतृत्व चयन, कुन तहमा कसको नेतृत्व?

कांग्रेस सिन्धुलीका ९ वटै स्थानीय तहको अधिवेशन सम्पन्न : ७ मा सर्वसम्मत, दुईमा निर्वाचन

डोटी कांग्रेसको गाँउ/नगर अधिवेशन सम्पन्न, नेतृत्वमा को - को?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell