PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

कांग्रेस सिन्धुलीका ९ वटै स्थानीय तहको अधिवेशन सम्पन्न : ७ मा सर्वसम्मत, दुईमा निर्वाचन



कांग्रेस सिन्धुलीका ९ वटै स्थानीय तहको अधिवेशन सम्पन्न : ७ मा सर्वसम्मत, दुईमा निर्वाचन
सुनकोशी गाउँपालिका इकाई सभापतिमा सर्वसम्मत भएपछि चन्द्र श्रेष्ठसहित कार्यकर्ता। फोटो : विजय योञ्जन

काठमाडौं : नेपाली कांग्रेस गाउँ/नगरको अधिवेशन सिन्धुलीमा पनि सकिएको छ। हिजो शनिवारबाट शुरु भएको अधिवेशन ९ वटै तहमा आइतवार सकिएको जिल्ला निर्वाचन कार्यलय सिन्धुलीले जनायो। अधिवेशनमा सात तहमा सर्वसम्मत नेतृत्व छानिएका छन् भने दुई तहमा निर्वाचनबाट नेतृत्व चयन भएका छन्।

कुन गाउँपालिकामा को छानिए?

गोल्नजोर गाउँपालिकाको सभापतिमा मोतीराज सापकोटा सर्वसम्मत चयन भएका छन्।

तीनपाटन गाउँपालिकाको सभापतिमा सोमप्रसाद घिमिरे सर्वसम्मत चयन भएका छन्। घ्याङलेक गाउँपालिकाका इकाइ सभापतिमा गणेश पुलामी, हरिहरपुरगढी गाउँपालिका सभापतिमा बमबहादुर स्याङ्बा सर्वसम्मत चयन हुँदा दुधौली नगर सभापतिमा बलराम कार्की निर्वाचित भए।

यता सुनकोसी गाउँपालिकाको सभापतिमा चन्द्र श्रेष्ठ चयन भएका छन्।

कमलामाई नगरपालिकाको सभापतिमा कमल पोख्रेल सर्वसम्म चयन भए। पोख्रेल यसअघि १३औं महाधिवेसनमा नगर सभापतिको प्रत्यासीसमेत हुन्।

फिक्कल गाउँपालिककाका सभापतिमा राम कार्की सर्वसम्मत चयन भए। मरिण गाउँपालिका इकाई सभापतिमा रामबहादुर वाइवा निर्वाचित भएका छन्।

सम्बन्धित समाचार

मकवानपुर कांग्रेसको १० वटै तहको गाउँ/नगर अधिवेशन सम्पन्न, कहाँ को चुनिए?

कांग्रेस पालिका अधिवेशन : रुपन्देहीका १६ वटै स्थानीय तहले पाए नयाँ नेतृत्व

कांग्रेस कञ्चनपुरका नौ वटै स्थानीय तहमा नेतृत्व चयन, कुन तहमा कसको नेतृत्व?

कांग्रेस सिन्धुलीका ९ वटै स्थानीय तहको अधिवेशन सम्पन्न : ७ मा सर्वसम्मत, दुईमा निर्वाचन



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell