PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

न्याय खोज्दै सर्वोच्च बाहिर लाइनमा नागरिक

न्याय खोज्दै सर्वोच्च बाहिर लाइनमा नागरिक

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : करिब चारसातादेखि सर्वोच्च अदालतमा न्याय दिने काम अवरुद्ध हुँदै आएको छ। प्रधानन्यायधीश चोलेन्द्रश शमशेर जबराको राजीनामा माग्दै बार र बेन्च नै जबराविरुद्ध उत्रिएका छन्।

बारले दैनिक सर्वोच्चमा प्रदर्शन गरिरहँदा न्यायाधीशहरुले पनि जबराले तोकेको बेन्च बहिष्कार गर्दै आएका छन्। मंगलवारबाट केही न्यायाधीश बेन्चमा फर्किएपनि अधिकांश न्यायाधीशले जबराको बहिर्गमन माग गर्दै बेच्नमा बसेका छैनन्। बारले पनि सर्वोच्चका इजलासहरु बहिष्कार गर्दै आएको छ।

सम्बन्धित समाचार : न्यायाधीशहरुलाई बारले भन्यो : प्रधानन्यायाधीशलाई वैधता दिने कुनै पनि कार्य स्वीकार्य छैन

बार र बेन्चबिचको गतिरोध बढ्दै जाँदा न्याय पाउन सर्वोच्च पुग्नेहरुले भने दु:ख भोग्नु परेको छ। १० बजेदेखि नै अदालत खुल्ने भएपनि सेवाग्राहीहरुले सर्वोच्चमा प्रवेश पाउँदैनन्। बारले दैनिक दुई घण्टा सर्वोच्चमा धर्ना दिइरहेकाले सेवाग्राहीले १२ बजेपछि मात्रै प्रवेश पाउँछन्।

लामो लाइनमा बसेर सर्वोच्च प्रवेश गरेपनि मुद्दाको सुनुवाइ हुने नहुने भन्ने विषयमा उनीहरु अन्यौलमा देखिन्छन्।

सम्बन्धित समाचार : सर्वोच्चमा बारको आन्दोलन रोक्न प्रहरीद्वारा बल प्रयोग, अध्यक्ष चण्डेश्वरलाई चोट, लगियो अस्पताल



ट्रेन्डिङ पोस्ट

Ncell