PahiloPost

Jan 11, 2025 | २७ पुष २०८१

नेता व्यवस्थापनमा असफल भएपछि ओलीको 'इमोश्नल स्पीच' : जिन्दगीको टुंगो छैन तर ढुक्कले निदाउँछु



प्रकाश भण्डारी

नेता व्यवस्थापनमा असफल भएपछि ओलीको 'इमोश्नल स्पीच' : जिन्दगीको टुंगो छैन तर ढुक्कले निदाउँछु

चितवन : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० औं महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गरेका छन्। चितवनको सौराहमा जारी बन्दसत्रमा ओलीले प्रतिनिधिहरुलाई सम्बोधन गरेका हुन्।

नेताहरुलाई व्यवस्थापन गर्न सकस भइरहेको बेला उनले बन्दसत्रमा 'इमोश्नल स्पीच' दिएका छन्। पदाधिकारीमा धेरै नेताहरु आकांक्षी हुँदा उनको सर्वसम्मत रुपमा नेतृत्व र पदाधिकारी चयन गर्ने सपनामा धक्का लागेको छ। उनकै विश्वासपात्रहरु उनको योजनामा तगारो बन्दा उनले एकताका लागि सम्बोधनबाट सबैमा आह्वान गरेका हुन्। पार्टीको इतिहासको कुराहरु भन्दै अवगत गराउँदै अब एकीकृत भएर अघि बढ्न उनले प्रतिनिधिहरुलाई भनेका हुन्।

सम्बन्धित समाचार : ओलीको 'ब्याडलक' : टाढाका भन्दा निकटका तगारो!

उनले सम्बोधनका क्रममा आफ्नो आयुबारे पनि चर्चा गरे। आफू धेरैपटक 'सर्जरी' गरेर बाँचेको भन्दै भने, 'यसै पनि मान्छेको जिन्दगीको टुंगो हुदैन् म त झन धेरैपटक मरेर बाँचेको हुँ,' उनले भने।

एमालेको महाधिवेशनमा निर्वाचन मार्फत नेतृत्व चयन हुने निश्चित हुने देखिएको बेला ओलीले प्रतिनिधिहरुलाई भावुक सम्बोधन गरेका हुन्।

साहसी कार्यकर्ताका कारण अहिले आफूलाई आनन्दको निन्द्रा लाग्ने गरेको ओलीको भनाइ छ। पार्टी विभाजनका बेला पनि कार्यकर्ताको आफूलाई अटुट साथ रहेको उनले बताए।

प्रतिनिधिहरुलाई धन्यवाद दिएका ओलीले आफूलाई गौरव महसुस भइरहेको बताए। 'एक वर्ष पनि भएको छैन। हामीलाई पार्टीबाट लखेटिको थियो। तर हामी अहिले यो अवस्थामा आएका छौँ,' उनले भने।

सम्बन्धित समाचार : बन्दसत्रमा 'भोटिङ मेसिन' प्रयोग गर्न सिक्दै प्रतिनिधि, मतदान गर्न एकजनालाई आधा घण्टा लाग्ने

एमालेमा नेता व्यवस्थापनमा सकस हुँदा भोलिका लागि तय गरिएको मनोनय दर्ता प्रक्रिया नै सुरु हुन सकेको छैन। मनोनयन दर्ता प्रक्रिय सुरु नहुँदा यसअघि बनाइएको निर्वाचन कार्यतालिका प्रभावित हुने देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell