PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

हेलिकप्टबाट हेटौंडा पुगेका केन्द्रीय सदस्य मोहन बस्नेतले मत हाले, त्यसपछि अहिले रोकियो वाग्मतीमा मतदान



निशा गुरुङ

हेलिकप्टबाट हेटौंडा पुगेका केन्द्रीय सदस्य मोहन बस्नेतले मत हाले, त्यसपछि अहिले रोकियो वाग्मतीमा मतदान
फोटो : रामचन्द्र दुलाल

हेटौंडा : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वाग्मती प्रदेश अधिवेशनको मतदान बिहान ९ बजेका लागि तोकिएको थियो। मतपत्र प्रकाशन ढिलाईले मतदान ४ बजेतिरमात्र शुरु भयो। हेलिकप्टबाट दिउँसो १२ बजे हेटौंडा पुगेका केन्द्रीय सदस्य मोहन बस्नेतले मत हाले।

उनले मत हालेको केही बेरपछि मतदान रोकिएको छ। ढिला गरी शुरु भएको मतदान प्राविधिक समस्या भन्दै रोकिएको छ। ढिलाई भएपछि मत हाल्न लामबद्ध प्रतिनिधिहरुले निर्वाचन अधिकृतविरुद्ध नाराबाजीसमेत गरेका छन्।

मतपत्र आइनसकेकोले मतदान केही समय ढिला हुने निर्वाचन समितिका संयोजक अधिवक्ता केशवप्रसाद काफ्लेले जनाए।

१३ जिल्लाबाट राजधानी हेटौंडामा जम्मा भएका अधिवेशन प्रतिनिधिहरुलाई फरक जिल्लाका लागि फरक लाइनको व्यवस्था मिलाएका छन्।

निर्वाचन समितिका संयोजक काफ्लेका अनुसार अन्तिम नामावली प्रकाशनपछि मतपत्र छपाईमा ढिलाई भएको हो। मतदाताले रातिको १० बजे सम्ममा मतदान गरिसक्नुपर्ने काफ्लेले बताए।

वाग्मतीमा कांग्रेस प्रदेश अधिवेशन : दुई सदस्य निर्विरोध, यी हुन् चुनावी मैदानमा उत्रिएका उम्मेद्वार



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell