PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

कांग्रेस सभापतिका लागि कल्याण गुरुङद्वारा मनोनयन दर्ता



पहिलोपोस्ट

कांग्रेस सभापतिका लागि कल्याण गुरुङद्वारा मनोनयन दर्ता
File Photo

काठमाडौं : नेपाली कांग्रेसको सभापति पदका लागि कल्याण गुरुङले मनोनयन दर्ता गराएका छन्। बिहान १०:४५ मा उनले राष्ट्रिय सभागृहमा बनाइएको निर्वाचन कार्यालय पुगेर मनोनयन देर्ता गराएका हुन्।

सभापतिमा फेरि शेरबहादुर देउवा उठ्ने निश्चित भइसक्दा र हेभिवेट नेताहरु सभापतिका लागि प्रतिस्पर्धामा रहँदा गुरुङले आफू पछि नहटने बताउँदै आएका थिए।

सम्बन्धित समाचार : कांग्रेस सभापतिमा कल्याण गुरुङको उम्मेदवारी, यस्ता छन् उनका प्रतिवद्धता

कांग्रेस सभापतिको उम्मेद्वारी घोषणा गरेका कल्याण गुरुङ अहिले किन गुमनाम?

१४ औं महाधिवेशनमा सभापतिका लागि संस्थापनबाट शेरबहादुर देउवा र संस्थापन इतरबाट रामचन्द्र पौडेल, शेखर कोइराला र प्रकाशमान सिंहको दाबी छ। यस्तै, विमलेन्द्र निधिले पनि सभापतिमा दाबी गरेका छन्। तर आन्तरिक छलफलमा रहेका यी नेताहरु मनोनयन दर्ताका लागि पुगेका छैनन्। 

सभापतिको प्रतिस्पर्धामा गुमनाम रहेका गुरुङले भने पहिलै मनोनयन दर्ता गराएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell