PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा मिक्सो निर्वाचित



पहिलोपोस्ट

माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा मिक्सो निर्वाचित

काठमाडौं : नेकपा (माओवादी केन्द्र) प्रदेश १ को अध्यक्षमा हर्कबहादुर नेम्वाङ 'मिक्सो' निर्वाचित भएका छन्। 

बुधवार सम्पन्न निर्वाचनमा उनले प्रतिस्पर्धी मुक्सामहाङ सुब्बा लिम्बु 'मुकेश'लाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्। बिहीवार बिहान सार्वजनिक मतपरिणाम अनुसार मिक्सोले १६९ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी मुकेशले जम्म ६४ मत प्राप्त गरेका छन्। 

त्यस्तै तीन उपाध्यक्षका लागि भएको निर्वाचनमा देवन चाम्लिङ 'पृथ्वी', शिवकुमार डाँगी र मणिकुमार साम्पाङ् 'विजय' निर्वाचित भएका छन्। 
तीन उपाध्यक्षका लागि ८ जना प्रतिस्पर्धामा थिए। निर्वाचनमा पृथ्वीले १२०, डाँगीले ११३ र विजयले १११ मत पाएर निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ। 

त्यस्तै प्रदेश सचिवमा गणेश उप्रती 'सुशील' निर्वाचित भएका छन्। उनले १४८ मत प्राप्त गर्दा प्रतिस्पर्धी सिपी कडरियाले ८३ मत प्राप्त गरेका छन्। 

सम्मेलन मंसिर २५ गते भौगोलिक सात र गैरभौगोलिक २ गरी ९ प्रदेशको सम्मेलन एकैपटक प्रचण्डले उद्घाटन गरेका थिए। 

माओवादी केन्द्रले पुस ११ देखि राष्ट्रिय सम्मेलन गर्दै छ। सम्मेलनमा देशभरका एक हजार ५३३ प्रतिनिधि सहभागि हुँदै छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell