PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

निर्वाचनमा तालमेल गर्ने कि नगर्ने ? कांग्रेसको केन्द्रीय समितिले भोलि निर्णय गर्ने



पहिलोपोस्ट

निर्वाचनमा तालमेल गर्ने कि नगर्ने ? कांग्रेसको केन्द्रीय समितिले भोलि निर्णय गर्ने

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सदस्यहरुले बोल्ने क्रम आज सकिएको छ। शुक्रवारबाट जारी बैठकमा आसन्न स्थानीय तह निर्वाचन, गठबन्धनबिच तालमेल लगायतका विषयमा केन्द्रित छ।  

पार्टी प्रवक्ता डा प्रकाशशरण महतले मंगलवार दिउँसो ३ बजे केन्द्रीय समिति बैठक बसेर निर्णय सार्वजनिक हुने बताए।

बैठकमा घरघर जाऔं कांग्रेस जिताऔं अधियानमाथि प्रारम्भिक समीक्षा भएको महतले जानकारी दिए।

उनले केन्द्रीय समितिको बैठकमा आवश्यकताका आधारमा तालमेल गरेर जानुपर्छ भनेर अधिकांशको सुझाव आएको बताए। केहीले भने एक्लै निर्वाचन लड्नु पर्नेमा जोड दिएको उनले बताए।

बैठकमा महामन्त्री गगन थापा र शेखर कोइराला र उनका समूहका नेताहरुले गठबन्धनको विपक्षमा मत राखेका थिए। प्रधानमन्त्री शेरबहादुर देउवाले भने गठबन्धनबिच तालमेल गरे अघि बढ्नु अहिलेको आवश्यकता रहेको बताएका थिए।

सम्बन्धित समाचार : चुनावमा तालमेलको विपक्षमा गगन : नयाँ मतदातालाई रुखबाहेक अन्यमा भोट हाल्न लगाउँदा उनीहरु कांग्रेसी बन्न आउलान् ?

शेखरले नीति र सिद्धान्तलाई तिलाञ्जली दिएर माओवादीलाई बोक्ने भनेपछि देउवाको जवाफ : कांग्रेसको नीति सिद्धान्तबारे मलाई नसिकाउनुस्

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell