PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

जब सिर्जना तस्विर खिचाउन सँगै उभिइन तब केशवले भने : सूर्य नै यता आउँला जस्तो भयो त



प्रकाश भण्डारी

जब सिर्जना तस्विर खिचाउन सँगै उभिइन तब केशवले भने : सूर्य नै यता आउँला जस्तो भयो त

काठमाडौं : राष्ट्रिय सभागृहमा यतिखेर विभिन्न दलबाट टिकट पाएका उम्मेदवारहरु मनोनयन दर्ताका लागि पुगिरहेका छन्। आइतवार काठमाडौं महानगपालिका प्रमुखका लागि १६ जनाले उम्मेदवारी दर्ता गराएका थिए। आज भने ‘हेभिवेट’ उम्मेदवारहरु दल दर्ताका लागि सभागृह पुगेका थिए।

नेकपा एमालेबाट महानगर प्रमुखको टिकट पाएपछि वाग्मती प्रदेशसभाबाट राजीनामा दिएर फर्किएका केशव स्थापति आज दलबलसहित सभागृह पुगेका थिए। मनोनयन दर्ता गरेपछि उनले आफ्नो ठट्टा शैलीलाई कायम राखे। यस्तै, उनीविरुद्ध लागेका आरोपहरुको बारेमा प्रश्न सोध्न त्यसलाई ठट्टामै उडाए।

यो पनि पढ्नुस : सभागृहमा केशव स्थापितको ठट्टा : पागलहरुलाई औषधि खान पैसा लाग्दैन

स्थापति पछि नेपाली कांग्रेसबाट महानगर प्रमुखको टिकट पाएकी सिर्जना सिंह सभागृह पुगिन। दुई छोराहरुलाई दायाँबायाँ राखेर उनी मनोनयन दर्ता गराउन पुग्दा सयौं कांग्रेस कार्यकर्ताहरु र्‍यालीमा आएका थिए।

विद्यार्थीकाल देखि नै नेपाल विद्यार्थी संघमा संलग्न रहेकी उनले मनोनयन दर्ता गराएपछि आफ्नो संघर्षका कुरा राखिन्। कांग्रेस नेता प्रकाशमान सिंहकी श्रीमती सिर्जनाले आफूले प्रकाशमानलाई चिन्नुभन्दा अघि देखि नै संघर्ष गरेको बताइन्।

सम्बन्धित समाचार : काठमाडौंको मेयरमा उम्मेदवारी दिएपछि सृजना सिंहले भनिन् : प्रकाशमानलाई चिन्नुभन्दा पहिलेदेखि नै संघर्ष गरेको छु

त्यसपछि दुवै उम्मेदवारहरु सभागृहमा शुभचिन्तकहरुसँग भेटघाटमा व्यस्त भए। त्यसैक्रममा सभागृहमै केशव र सिर्जनाको जम्काभेट भयो।

सभागृह प्रवेशद्वार नजिकै दुवैजनालेसँगै उभिएर पोज दिए। पत्रकारहरुले तस्विर खिच्दै गर्दा केशवले ठट्टा गर्दै भने : ओहो ! सूर्य आउँला जस्तो भयो यता त।

केशवले यति भने पछि माहोल केही बेर रमाइलो भयो। साथै उनले तस्विर खिच्दा हात राखेको मिलेन भने फेरि तस्विर खिच्न लगाए।

सिर्जनाले भने केही बोलिनन्। हाँसेर नमस्कार गर्दै उनी त्यहाँबाट बाहिरिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell