PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

नेपाल प्रहरीले पहिलो पटक प्राविधिकभन्दा बाहिर पाउँदै महिला एआईजी



पहिलोपोस्ट

नेपाल प्रहरीले पहिलो पटक प्राविधिकभन्दा बाहिर पाउँदै महिला एआईजी

काठमाडौं : सोमवार गृह मन्त्रालयको बढुवा समितिले पाँच जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस गरेको छ जसमा एक जना महिला प्रहरीको नाम समेत छ। डीआईजीमा सिफारिस भएकै उनी प्राविधिकतर्फ बाहेक पहिलो महिला प्रहरी हुन्। 

यस निर्णयमा कुनै उजुरबाजुर नभएको खण्डमा सात दिनपछि मन्त्रिपरिषद्को बैठकले सिफारिस भएकाहरुलाई एआईजीमा बढुवा गर्ने निर्णय गर्नेछ। सिफारिस भए अनुसार कुनै विवाद नआए डीआईजी सिंहले एआईजीको दर्ज्यान्ही लगाउने छिन् जुन नेपाल प्रहरीको इतिहासमा पहिलो हुनेछ। अर्थात् पूजा सिंह नेपाल प्रहरीको प्रशासन तर्फबाट पहिलो महिला एआईजी बन्नेछिन्।

६ दशक भन्दा लामो प्रहरीको इतिहासमा प्राविधिक बाहेक प्रहरी निरीक्षकबाट भर्ना भएका कुनै पनि महिला प्रहरी उच्च पदमा पुगेका छैनन्।

डीआईजी पार्वती थापा पहिलो एआईजी बन्ने लाइनमा पुगेकी थिइन् तर सरकारले उनको बढुवा रोकेको थियो। उनीभन्दा कनिष्ठलाई बढुवा गरेपछि उनी अदालतसम्म पुगेकी थिइन्। तर, अदालतबाट उनले चाहेको जस्तो आदेश भएन। त्यसपछि उनी अवकास भइन् र राजनीतिक दलतिर जोडिइन्।

नेपाल प्रहरीको ६५ वर्षे इतिहासमा अहिलेसम्म डीआईजीमा पार्वती थापा र विमला थापामात्र पुगेका छन्। त्यसपछि केही समय नेपाल प्रहरीमा प्राविधिक बाहेक महिला डीआईजी भएनन्। गत पुसमा भने डीआईजीमा पूजा सिंहको नाम थपिएको थियो। सिंहलाई पुस २३ गते बसेको बढुवा समितिको बैठकले डीआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो। उनी अहिले वाग्मती प्रदेश प्रहरी प्रमुख छिन्।

अहिले नेपाल प्रहरीको कूल जनशक्ति ७५ हजार ४ सय ६३ रहेको छ। जसमा महिलाको सङ्ख्या ८ हजार ३ सय ३४ छ। ३३ प्रतिशत महिलाको सहभागिता भनिरहँदा प्रहरी संगठनमा भने मुस्किलले ११ प्रतिशतमात्र छ।

प्राविधिक तर्फका विभागमा अहिले पनि महिलाको नेतृत्व देखिन्छ। नेपाल प्रहरीमा पहिलो महिला अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) हुन्, डाक्टर दुर्गा थापा। सबैभन्दा उच्च पदमा पुगेकी दुर्गा प्रहरीको प्राविधिकतर्फ थिइन्, प्रहरी चिकित्सक। तीस वर्षे सेवा अवधिका कारण २०७६ पुसमा उनले अवकाश पाइन्। अहिले डाक्टर आशा सिंहले नेपाल प्रहरी अस्पतालको प्रमुखको जिम्मेवारी सम्हालिरहेकी छिन्। त्यस्तै, प्राविधिकतर्फ एसएसपी देउती गुरुङले पनि इन्चार्जको जिम्मेवारी सम्हालिरहेकी छिन्। उनी केन्द्रीय कुकुर तालिम केन्द्र महाराजगन्जको इन्चार्ज हुन्।

अहिले एसएसपी किरण बज्रचार्य, मीरा चौधरी, दुर्गा सिंह र किरण राणा आइजी बन्ने लाइनमा छन्। उनीहरु २०५१ चैतमा प्रहरी निरीक्षकमा भर्ना भएका हुन्। उनीहरुले विभिन्न जिल्ला र व्यूरोको कमाण्ड समेत सम्हालिसकेका छन्।

प्रहरीमा महिला प्रहरी जवान सबैभन्दा धेरै छन्। त्यसो त प्रहरी संगठनमा सबैभन्दा धेरै सङ्ख्या भएको पद जवान नै हो। ५ हजार ६ सय भन्दा बढी  महिला प्रहरी जवान छन्। जबकि कूल पुरुष प्रहरीको सङ्ख्या ३७ हजार ८ सय ४९ रहेको छ। नेपाल प्रहरीभित्र ६० भन्दा बढी एसएसपी रहेका छन्। जसमा महिला एसएसपीको सङ्ख्या ७ रहेको छ। 

महिलाको काँधमा सुरक्षा जिम्मा : जवानमा सबैभन्दा धेरै, कुन पदमा कस्तो छ उपस्थिति?

प्रहरीमा महिला इन्चार्जः काठमाडौं उपत्यकाका दुई जिल्लाको सुरक्षा महिलाको कमाण्डमा

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell