PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

यौन दुर्व्यवहारको आरोप लागेका शिक्षक प्रहरीको नियन्त्रणमा



पहिलोपोस्ट

यौन दुर्व्यवहारको आरोप लागेका शिक्षक प्रहरीको नियन्त्रणमा

काठमाडौं : चावहिलस्थित सेन्ट लरेन्स कलेजमा शिक्षकले यौन दुर्व्यवहार गरेको आरोप लागेका शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पीडित छात्राले जाहेरी दिएपछि जनार्दन अधिकारीलाई अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको हो। काभ्रे घरका अधिकारी कलेजका को-अर्डिनेटर हुन्।

विद्यार्थीहरुले बिहानैदेखि आन्दोलन जारी राखेका छन्। अहिले महानगरीय प्रहरी वृत गौशालाअगाडि विद्यार्थीहरुले धर्ना दिएका छन्। आज बिहानदेखि विद्यार्थीहरुले दुर्व्यवहार गर्ने शिक्षकलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने भन्दै आन्दोलन गरेपछि प्रहरी कलेजमा पुगेको थियो। आक्रोशित विद्यार्थीरुले कलेज र गौशालास्थित प्रहरी कार्यालय अगाडि पनि प्रर्दशन गरिरहेका छन्।

महानगरीय प्रहरी वृत गौशाला प्रमुखको नेतृत्वमा घटनाको अनुसन्धान सुरु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी मैनालीले जानकारी दिए।

सम्बन्धित समाचार

शिक्षकलाई कारबाहीको माग गर्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी प्रहरी वृत अगाडि धर्नामा, शिक्षकको पुतला दहन

सेन्ट लरेन्स कलेजमा शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित, प्रहरीले थाल्यो अनुसन्धान



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell