PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

सी र बाइडेनबिच फोनमा लामो र 'क्यान्डिड' कुराकानी, चिनियाँ राष्ट्रपतिको चेतावनी : आगोसँग खेल्नेहरू नष्ट हुनेछन्



पहिलोपोस्ट

सी र बाइडेनबिच फोनमा लामो र 'क्यान्डिड' कुराकानी, चिनियाँ राष्ट्रपतिको चेतावनी : आगोसँग खेल्नेहरू नष्ट हुनेछन्
File Photo / BBC

चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबिच टेलिफोन वार्ता भएको छ। अमेरिकी संसदकी सभामुख नेन्सी पेलोसीको सम्भावित ताइवान भ्रमणको चर्चा चल्दै गर्दै दुई नेताबिच कुराकानी भएको हो।

बाइडेन र सीबिच निकै लामो र ‘क्यान्डिड’ कुराकानी भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन्। टेलिफोनमार्फत उनीहरुबिच दुई घण्टा १७ मिनेट कुराकानी भएको सीएनएनले उल्लेख गरेको छ। त्यसक्रममा राष्ट्रपति सीले बाइडेनलाई आगोसँग नखेल्न चुनौती दिएका थिए।

वार्ताका क्रममा सीले बाइडेनलाई एक चीन नीतिको सम्मान गर्न भन्दै ताइवानविरुद्ध बाह्य शक्तिहरुललाई चलखेलको मौका नदिने बताएको सिन्ह्वाले उल्लेख गरेको छ।

‘जनमतको कदर हुनुपर्छ। आगोसँग खेल्नेहरू त्यसबाट नष्ट हुनेछन्,’ सीले बाइडेनलाई भने।

बाइडेनले भने ताइवानलाई लिएर अमेरिकाको नीति परिवर्तन नभएको जवाफ दिएका थिए। बाइडेनले चिनियाँ समकक्षीलाई ताइवानको हैसियत परिवर्तन गर्ने एक पक्षीय कदमको अमेरिकाले विरोध गर्ने बताएका थिए।

दुई नेताबिच रसिया र युक्रेनबिच भइरहेको युद्धको विषयमा पनि छलफल भएको थियो।

सम्बन्धित समाचार : चिनियाँ रक्षा मन्त्रालयको चेतावनी : पेलोसी ताइवान आए पीएलए मौन बस्दैन

ताइवान संकट : आणविक हतियारसहित युएसएस रोनाल्ड रेगन पुग्यो साउथ चाइना सी, पीएलएका जहाज पुगे ताइवान नजिक

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell