PahiloPost

Dec 16, 2024 | १ पुष २०८१

रञ्जन कोइराला प्रकरणमा चोलेन्द्रको जवाफ : छोराहरुको अवस्था देखेर विवेक प्रयोग गरेँ, यसैको महाअभियोग भए 'गिल्टी फिल' गर्दिनँ



पहिलोपोस्ट

रञ्जन कोइराला प्रकरणमा चोलेन्द्रको जवाफ : छोराहरुको अवस्था देखेर विवेक प्रयोग गरेँ, यसैको महाअभियोग भए 'गिल्टी फिल' गर्दिनँ

काठमाडौं : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले महाअभियोगबारे आज तेस्रो दिनको समितिमा बयान दिएका छन्। आजको बयान पूर्व डीआइजी रञ्जन कोइरालाको फैसला केससँग जोडिएको थियो। कोइरालाको फैसलाको सम्पूर्ण जिम्मा आफूले लिने जबराले बताएका थिए।

त्यस्तै यो केसमा भ्रम सिर्जना गर्न खोजेको आरोप समेत लगाए। आफ्नो विवेकको प्रयोग गरेर गहनता र तथ्यलाई हेरेर फैसला गरेको सुनाएका थिए। उल्टी गरेर रञ्जन कोइराला कम सजाय गरियो भन्ने कुरा सयको सय प्रतिशत गलत भएको भन्दै मिसिल मगाएर हेर्न समेत समितिका सदस्यलाई आग्रह गरेका थिए।

जबराले आफूले रञ्जनका दुई छोराको मार्मिक बयानलाई हेरेर उनीहरूको अभिभावक समेत नभएकाले फैसला गरेको बताए।

'मिसिलबाट कसूर चाहीँ पारिवारिक छ। दुई वटा छोराहरू छन्। एउटा त नाबालक नै हो जस्तो लागेको छ। उनीहरूले मार्मिक तरिकाले बयान बकपत्र मिसिलमा राखेका छन्,' जबराले समितिमा भने।

करिब साढे ८ वर्ष कैद सजाय भुक्तान गरिसकेको र छोराको लागि पनि अभिभावक चाहिन्छ भन्ने लागेर राय लगाएको बताएका थिए। सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र तेजबहादुर कार्कीको संयुक्त इजलासले कोइरालाको सजाय घटाएर ८ वर्ष ६ महिना तोकेको थियो।

रञ्जन कोइरालाको सजाय घटाउने फैसला सर्वोच्चले गर्‍यो बदर, श्रीमतीको हत्या अभियोगमा ८ वर्ष बसेका थिए जेलमा

कोइरालालाई श्रीमती गीता ढकाल (कोइराला)लाई हत्या गरेको अभियोगमा २०६८ माघ ८ गते प्रहरीले पक्राउ गरेको थियो। नौबिसेतिरबाट काठमाडौंतर्फ बा ८ च ५४०८ नम्बरको कार आउँदै गर्दा नियन्त्रणमा लिएको थियो। घटनाको प्रकृति, प्राप्त प्रमाणलगायत प्रहरीको अनुसन्धानलाई हेरेर जिल्ला अदालत काठमाडौंले २०७१ बैशाख ७ गते कोइराला सर्वस्वसहित जन्मकैद सुनाएको थियो।

'राय लगाउन सबै इजलासबाट गए गरेका नै हुन्। हिजो पनि थियो आज पनि छ र भोलि पनि राय लगाउने व्यवस्था छ,'  जबराले भने।

रिहा भए सशस्त्रका पूर्वडिआइजी रञ्जन, जन्मकैदको सजाय घटाएको थियो सर्वोच्चले

अदालतको आदेशपछि रञ्जन रिहा भएका थिए। तर, प्रधानन्यायाधीश राणाको यो फैसला निकै विवादित बन्यो। त्यसपछि फेरि फैसला सर्वोच्च अदालतले बदर गरेको थियो।

फैसला लगत्तै उनी मोबाइल अफ गरेर फरार भएका कोइराला फेरि पक्राउ गरेका थिए। यही घटना जबराको लागि भारी परेको थियो। तर, यस घटनामा आफूले कानुनले दिएको विवेक प्रयोग गरेर फैसला गरेकाले कुनै पनि गल्ती नभएको बताएका छन्। तर, यस घटनाको फैसलाले आफूलाई पनि दुःख लागेको समितिमा बताएका थिए।

जबराले समितिको बयानमा भनेका छन्, 'मलाई पनि दुःख लागेको छ। यसबाट गल्ती भएको छ। यसैबाट महाअभियोग लागेर मलाई चाहिँ अवकाश दिनुपर्ने अवस्था छ भने हार्दिकतापूर्वक जनता र समितिको सामु अनुरोध गर्छु। विवेकको प्रयोग गरेको हुँ। विवेकमा प्रश्न उठाउन पाइँदैन।'

फैसलामा कुनै पनि अनियमित र भ्रष्ट्राचार नभएको भन्दै कानुनले दिएको अधिकारी प्रयोग गरेको दोहोर्‍याएका थिए। फैसला गम्भीर गल्ती हो भने अर्को न्यायधीशलाई आरोप नलगाउने र आफूले जिम्मेवारी लिने समेत बताएका थिए।

'यदि यो आधारबाट मलाई महाअभियोग लाग्छ भने कुनै किसिमको आपत्ति, गिल्टी‍ फिल गर्दिनँ,' जबराले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell