PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

दिनभर घुमाएर राती होटेलमा पुर्‍याएर लामिछानेले पटकपटक करणी गरेको युवतीको आरोप, प्रमाणले देखिए विमानस्थलबाट नै पक्राउ पर्ने



पहिलोपोस्ट

दिनभर घुमाएर राती होटेलमा पुर्‍याएर लामिछानेले पटकपटक करणी गरेको युवतीको आरोप, प्रमाणले देखिए विमानस्थलबाट नै पक्राउ पर्ने

काठमाडौं :  राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध एक किशोरीलाई जबरजस्ती करणी गरेको उजुरी प्रहरीमा परिसकेको छ। नेपाल प्रहरीले पनि उजुरी परेको आधिकारिक सूचना जारी गरेको छ। लामिछाने विरुद्ध महानगरीय प्रहरी बृत गौशालमा जबरजस्ती करणीमा उजुरी परेको हो।

कप्तान लामिछानेले १७ वर्षीय किशोरीलाई करणी गरेको उजुरी परेको हो। स्याङजा घर भएका  लामिछाने हाल बुढानीलकण्ठमा बस्दै आएका छन्। भदौ ५ गते कप्तान लामिछानेले किशोरीलाई बोलाएर होटलमा लगेर करणी गरेको उजुरीमा उल्लेख गरिएको छ। प्रहरीमा परेको उजुरीअनुसार साँझतिर लामिछानेले ती किशोरीलाई कफी खान भन्दै बोलाएका थिए। त्यसपछि नगरकोट घुम्न जाने भन्दै लगेका थिए। फर्किएर गौशालाको एक होटलमा लगेर लामिछानेले किशोरीलाई पटकपटक करणी गरेको उजुरीमा उल्लेख गरिएको छ।

प्रहरीले दिएको सूचना अनुसार भदौ ५ गते भक्तपुरका विभिन्न क्षेत्रमा घुमरे राती स ११ बजेर ५५ मिनेटमा काठमाडौं महानगरपालिका ९ स्थित एक होटेलमा पुर्‍याएर लामिछानेले करणी गरेको उजुरीमा उल्लेख गरिएको छ। होटेलको कोठा नम्बर ३०५ मा रातिको समयमा करणी भएको जनाइएको छ।

घटना भएको भोलिपल्ट नै कप्तान लामिछाने केन्याविरुद्धको अन्तर्राष्ट्रिय खेलका लागि उडेका थिए। जानुभन्दा अघिल्लो दिन आफूलाई जबरजस्ती करणी गरेको पीडित किशोरीले जाहेरीमा उल्लेख गरेकी छिन्। लामिछानेसँग उनको सामाजिक सञ्जालमार्फत भेट भएको जाहेरीमा उल्लेख गरिएको एक प्रहरी अधिकृतले जानकारी दिए। स्न्याप च्याटमा कुराकानी गर्दै जाँदा काठमाडौंको एक होस्टेलमा बस्दै आएकी किशोरी लामिछानेसँग जोडिएकी हुन्। लामिछानेको आफू फ्यान भएकाले भन्दै कुराकानी सुरु भएको युवतीले बताएकी छिन्।

सहमतिमै पनि १८ वर्ष नपुगी यौन सम्बन्ध राख्न नेपालको कानुनले बर्जित गरेको छ। यदि जाहेरीमा उल्लेख भएअनुसार घटना भएको पुष्टि भएमा १० देखि १२ वर्ष कैद सजायको सम्भावना रहन्छ। प्रहरीले पीडितको स्वास्थ्य परीक्षण गरिसकेको छ। अब प्रहरीले घटना भएको भनिएको होटलमा पुगेर थप प्रमाण संकलन र अन्य कोणबाट अनुसन्धान सुरु गरेको जानकारी दिएको छ।

अभियुक्त भाग्न सक्ने सम्भावना भएको खण्डमा उजुरीको आधार र अन्य थप केही प्रमाण फेला परे प्रहरीले लामिछानेलाई विमानस्थलबाट नै पक्राउ गर्न सक्छ। सन्दीप हाल देश बाहिर छन्। त्यसैले प्रहरीले केही प्रमाण र पीडितको उजुरीका आधारमा अदालतबाट पक्राउ पूर्जीको अनुमति लिनुपर्ने हुन्छ।‍ त्यसो त सन्दीप आफैं पनि प्रहरीमा पुगेर अनुसन्धानमा सहयोग गर्ने बाटो भने खुल्ला नै रहन्छ।

सामाजिक सञ्जालबाट सम्पर्क बढाएर किशोरीलाई करणीसम्म गरेको आरोप, सन्दीपविरुद्ध कसरी अगाडि बढ्छ अनुसन्धान?

सन्दीप लामिछानेविरुद्ध यौन दुर्व्यवहारको उजुरी, अनुसन्धान थाल्दै प्रहरी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell