PahiloPost

Jan 9, 2025 | २५ पुष २०८१

जबरजस्ती करणीको आरोप लागेका सन्दीप अहिले सेन्ट लुसियामा, क्यान भन्छ : सम्पर्क गर्ने प्रयासमा छौं



पहिलोपोस्ट

जबरजस्ती करणीको आरोप लागेका सन्दीप अहिले सेन्ट लुसियामा, क्यान भन्छ : सम्पर्क गर्ने प्रयासमा छौं

काठमाडौं : नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि नाबालिग किशोरीमाथि बलात्कार गरेको उजुरी प्रहरीमा परेको छ। यो घटना सार्वजनिक भएसँगै सन्दीपको खोजी हुन थालेको छ। केन्यामा सिरिज खेल्न पुगेका सन्दीप अहिले सिपिएल टि २० खेल्न क्यारेबियन राष्ट्र सेन्ट लुसियामा छन्।

एक दिनअघिमात्रै सन्दीपले आफ्नो इन्स्टाग्राम अकाउन्टमा जमैका क्याटअलवाजको जर्सीसहित रोन्डी बेस्थित होटल हार्बरको तस्विर राखेका छन्।

आरोप लागेसँगै नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपसँग सम्पर्क गर्ने प्रयास सुरु गरेको छ। क्यानका सचिव प्रशान्त विक्रम मल्लका अनुसार सन्दीपसँग सम्पर्कको प्रयास भइरहेको छ। क्यान अध्यक्ष चतुरबहादुर चन्द आज काठमाडौं फर्किएपछि यस विषयमा थप छलफल गरेर निर्णय लिने तयारी क्यानको छ।

'साँझ अध्यक्ष आउनुहुन्छ अनि बसेर के गर्ने हो अगाडि कुरा बढ्छ। अहिले प्रहरीको अनुसन्धान सुरु भएको रहेछ त्यसमा नेपाल क्रिकेट संघले पूर्ण सहयोग गर्नेछ,' सचिव मल्लले भने, 'सन्दीपसँग सम्पर्क गर्ने प्रयास गर्दैछौं। त्यहाँ राति भयो सम्पर्क भइरहेको छैन।'

उनले अगाडि भने: प्रहरीसँग पनि बुझेर सम्पर्क भएपछि अगाडि कसरी बढ्ने भन्ने निर्णय हुन्छ।

लामिछाने विरुद्ध महानगरीय प्रहरी बृत गौशालमा जबरजस्ती करणीमा उजुरी परेको हो। कप्तान लामिछानेले १७ वर्षीय किशोरीलाई करणी गरेको उजुरी परेको हो। स्याङजा घर भएका लामिछाने हाल बुढानीलकण्ठमा बस्दै आएका छन्। भदौ ५ गते कप्तान लामिछानेले किशोरीलाई बोलाएर होटलमा लगेर करणी गरेको उजुरीमा उल्लेख गरिएको छ। प्रहरीमा परेको उजुरीअनुसार दिउँसो लामिछानेले ती किशोरीलाई कफी खान भन्दै बोलाएका थिए। त्यसपछि नगरकोट घुम्न जाने भन्दै लगेका थिए। फर्किएर गौशालाको एक होटलमा लगेर लामिछानेले किशोरीलाई पटकपटक करणी गरेको उजुरीमा उल्लेख गरिएको छ।

पढ्नुस : दिनभर घुमाएर राती होटेलमा पुर्‍याएर लामिछानेले पटकपटक करणी गरेको युवतीको आरोप, प्रमाणले देखिए विमानस्थलबाट नै पक्राउ पर्ने

सामाजिक सञ्जालबाट सम्पर्क बढाएर किशोरीलाई करणीसम्म गरेको आरोप, सन्दीपविरुद्ध कसरी अगाडि बढ्छ अनुसन्धान?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell