PahiloPost

Jul 3, 2024 | २० असार २०८१

संसदीय समितिमा जुट्न सकेन ‘टिआरसी’ विधेयकमा सहमति, प्रक्रिया अगाडि नबढ्ने



पहिलोपोस्ट

संसदीय समितिमा जुट्न सकेन ‘टिआरसी’ विधेयकमा सहमति, प्रक्रिया अगाडि नबढ्ने

काठमाडौं : बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक अगाडि नबढ्ने भएको छ। आज कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा सहमति जुट्न नसक्दा विधेयक अगाडि बढ्न नसक्ने भएको हो।

तीनदिन भित्र समितिले विधेयकको टुङ्गो लगाएर दुई वटै सदनमा पठाउन पर्ने थियो। तर, हत्यालाई गम्भीर अभियोगमा राख्ने कि नराख्ने विषयमा सहमति जुट्न नसक्दा विधेयक अगाडि नबढ्ने भएको हो।

सरकारले द्वन्द्वका घटनामा व्यक्ति हत्यामा समेत उन्मुक्ति दिनेगरि विधेयक ल्याएपछि विरोध भइरहेको छ। विरोधका कारण एक महिनासम्म प्रक्रिया अघि बढ्न सकेको थिएन।

सम्बन्धित समाचार : हत्यामा आममाफी नदिन सत्तापक्ष–प्रतिपक्षको संशोधन, ‘रबर स्टाम्प’ बनिरहेको संसदले संशोधन गर्ला टिआरसी विधेयक?

कानुन समितिमा पहिलो पटक पुगे प्रचण्ड : संक्रमणकालीन न्याय प्रक्रियामा राजनीतिक आग्रह-पूर्वाग्रह नछिरोस्



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell