PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

सांसद 'अपहरण'मा ओलीलाई सघाएका सर्वेन्द्र खनाल एमाले प्रवेश गर्दै



पहिलोपोस्ट

सांसद 'अपहरण'मा ओलीलाई सघाएका सर्वेन्द्र खनाल एमाले प्रवेश गर्दै

काठमाडौं : नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल एमाले प्रवेश गर्ने भएका छन्। खनाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीवार स्वागत गर्ने तयारी रहेको छ।

पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजे पार्टी प्रवेश गराउने कार्यक्रम रहेको एमालेले जनाएको छ। खनाल दुई वर्षअघि समाजवादी पार्टी फुटाउन पूर्वमन्त्रीसमेत रहेका सांसद सुरेन्द्र यादवको राजनीतिक 'अपहरण'मा मुछिएका व्यक्ति हुन्। खनाल एमाले नेता महेश बस्नेत र किसान श्रेष्ठसँगै जनकपुर पुगेका थिए। तत्कालीन समाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले पार्टीका नेता डाक्टर यादव अपहरणमा केपी शर्मा ओलीको डिजाइन भएको आरोप लगाएका थिए।

त्यतिबेला ओली नेतृत्वको सरकार रहेको थियो। यद्यपि समाजवादी फुटाउन ओली सफल रहे।

हो, म जनकपुर गएर ल्याएको हुँ : पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल

सरकारको डिजाइनमा 'अपहरण', 'सुपाडी' पूर्व प्रहरी प्रमुख खनाललाई : गौतम होटलमा खाजा, बाटोमा हाँसको छोयला



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell