काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना पार्टीका नवनिर्वाचित सांसदहरुलाई बालुवाटार बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजे पार्टीका सबै सांसदलाई निम्तो दिइएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए।
बधाई तथा शुभकामना आदानप्रदानका लागि देउवाले पार्टीका सांसदहरुलाई बालुवाटार डाकेका हुन्। गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी कूल ८९ सिट जितेर सङ्घीय संसद्को सबैभन्दा ठूलो दल बनेको छ।
सबैभन्दा ठूलो दलको हैसियतमा कांग्रेसले आफ्नै नेतृत्वमा पाँच दलीय सत्ता गठबन्धनको नयाँ सरकार गठनका लागि कसरत गरिरहेको छ। निर्वाचन आयोगले बुधबार निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरी बिहीबार राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन बुझाएसँगै नयाँ सरकार गठनको चर्चा सुरु भएको छ।
को बन्ला कांग्रेस संसदीय दलको नेता?
हप्तादिनमै नयाँ सरकार! यी हुन् ४ आधार