PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

प्रचण्डको विरोध गर्दा जेल परेकालाई तत्काल रिहा गर्न कांग्रेस महामन्त्री विश्वप्रकाशको माग



पहिलोपोस्ट

प्रचण्डको विरोध गर्दा जेल परेकालाई तत्काल रिहा गर्न कांग्रेस महामन्त्री विश्वप्रकाशको माग

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विरोधमा उत्रँदा जेल परेका युवालाई तत्काल रिहा गर्न माग गरेका छन्। मिटर ब्याज मिनाह गर भन्दै प्रधानमन्त्री प्रचण्डको अगाडि प्रदर्शन गरेका युवाहरुलाई प्रहरीले मंगलवार जेल चलान गरेको छ।

प्रहरीको कदमको विरोध गर्दै महामन्त्री शर्माले अविलम्ब रिहाईको माग गरेका हुन्। 'लोकतान्त्रिक गणतन्त्रमा विरोध गर्नेको मुख थुन्न या थुनामा राख्न मिल्दैन। प्रहरीले युवाको मुख थुनिरहेको दृश्य दु:खद र आपत्तिजनक थियो,' शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, 'सम्माननिय प्रधानमन्त्रीज्यु। आफूविरुद्ध नारा लगाएका युवालाई तत्काल रिहा गर्न/गराउन अविलम्ब पहलको माग गर्दछु।'

गत मंगलबार मुख थुन्दै हिरासत लगिएका तीन जनालाई प्रहरीले पाँच हजार धरौटी तिर्न नसकेपछि जेल चलान गरेको हो। प्रधानमन्त्रीको विरोधमा उत्रिएका वाग्लुङका सोम शर्मा, सोलुखुम्बुका उद्धव बस्नेत र बझाङका १८ वर्षीय विप्लव खड्का अहिले जेल परेका हुन्।

लोकतन्त्रमा मुख थुनिनु कल्पनै नगरेको विषयः किन असहिष्णु बन्दैछन् शासक?

अराजकताको 'रोडम्याप'मा प्रचण्डको 'पथ' (टिप्पणी)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell