PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

कांग्रेसको अवस्था नै दयनीय छ, संसदीय दलको नेताका लागि के चुनाव लड्नु : शशांक



पहिलोपोस्ट

कांग्रेसको अवस्था नै दयनीय छ, संसदीय दलको नेताका लागि के चुनाव लड्नु : शशांक

काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री शशांक कोडरालाले संसदीय दलको नेतामा आफूले उम्मेदवारी नदिने बताएका छन्।

आज कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकपाछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै कोइरालाले सर्वसम्मत भएमात्र संसदीय दलको नेता बन्ने धारणा राखे।

'प्रजातान्त्रिक पार्टीमा चुनाव लडेर पनि संसदीय दलको नेता हुन सकिन्छ, किन प्रतिस्पर्धामा आउन चाहनुहुन्न?'

जवाफमा महामन्त्री कोइरालाले भने, ‘पार्टीभित्र यस्तो दयनीय अवस्था छ के चुनाव लड्नु?’

'निर्वाचन भएमा मत खसाल्नुहुन्छ नि?'

सञ्चारकर्मीको यस प्रश्नमा मुसुमुसु हाँस्दै कोइरालाले भने, ‘भोट त किन नहाल्नु। हाल्न आइहाल्छु नि।’

महामन्त्री कोइरालाले यसअघि पनि संसदीय दलमा सर्वसम्मत भए आफू आउने विचार व्यक्त गर्दै आएका छन्।  

सम्बन्धित समाचार
कांग्रेसमा संसदीय दलको नेता छान्ने प्रकृयाका लागि कार्यदल
पौडेलले पनि मागे कांग्रेसमा 'अर्ली महाधिवेशन', सशक्त प्रतिपक्षी बन्न छायाँ सरकार : विश्वप्रकाश
कांग्रेसको आँखा बन्द भएको भन्दै कालो चश्मा लगाएर नेविसंघको धर्ना

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell