PahiloPost

Jan 27, 2025 | १४ माघ २०८१

कुमार पौडेल प्रकरण : फेक इन्काउन्टर गर्ने प्रहरीलाई कारबाही गर्न गृहको निर्देशन, प्रहरीले प्रकृया अगाडि बढायो



पहिलोपोस्ट

कुमार पौडेल प्रकरण : फेक इन्काउन्टर गर्ने प्रहरीलाई कारबाही गर्न गृहको निर्देशन, प्रहरीले प्रकृया अगाडि बढायो

काठमाडौं : सुकुम्बासी मुद्दालाई लिएर नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा सक्रिय कुमार पौडेलको फेक इन्काउन्टरमा संलग्न प्रहरीलाई कारबाहीको प्रकृया सरु गरेको छ। गृहमन्त्रालयले आइतवार प्रहरी प्रधान कार्यालयलाई पत्रचार गर्दै कारबाही प्रकृया अगाडी बढाउन निर्देशन दिएको हो।

गत कार्तिकमा राष्ट्रिय मानव अधिकार आयोगले प्रहरीले फेक इन्काउन्टरमा गरेको भन्दै कारबाही गर्न निर्देशन दिएको थियो। पौडेललाई फेक इन्काउन्टरमा मारेको जनाउँदै आयोगले घटनामा संलग्न प्रहरी निरीक्षक कृष्णप्रसाद साह र प्रहरी हवल्दारद्वय विनोद साह र सत्यनारायण मिश्रलाई तत्काल निलम्बन गरी फौजदारी मुद्दा चलाउन निर्देशन दिएको थियो।

साथै प्रहरी निरीक्षक किरणप्रसाद न्यौपाने र प्रहरी नायव निरीक्षक सूर्यकुमार कार्कीलाई घटनाको मुचुल्का उठाउँदा त्रुटिपूर्ण काम गरेको भन्दै सचेत गराउनसमेत निर्देशन दिएको थियो। 'हामीले कानुनी प्रकृया अगाडी बढाइसकेका छौं। प्रदेश प्रहरीलाई समेत पत्रचार भइसकेको छ,' नेपाल प्रहरीका प्रवक्ता शैलेस थापा क्षेत्रीले भने।

आयोगले घटनामा प्रहरीलाई निर्देशन दिने तालुक निकायका पदाधिकारी तथा कर्मचारी, आदेश दिने अधिकारी तथा दुरुत्साहन गर्ने व्यक्तिहरुमाथि समेत अनुसन्धान गरी कानूनको दायरामा ल्याई कानून बमोजिम कार्वाही गर्न निर्देशन दिएको छ।

गत असार ५ गते प्रहरी इन्काउन्टरमा पौडेलको मृत्यु भएको थियो।

कुमार पौडेलको फेक इन्काउन्टर सम्बन्धि पहिलोपोस्टको कभरेज:

प्रहरीको विवादित 'इन्काउन्टर'मा मारिएका कुमार पौडेल आखिर को हुन्?

सर्लाहीको कुमार पौडेल इन्काउन्टर 'फेक', प्रहरीले नियन्त्रणमा लिइ हत्या गर्‍यो : राष्ट्रिय मानव अधिकार आयोग

प्रहरीको फेक इन्काउन्टरमा मारिएका कुमार पौडेल को हुन्? यस्तो छ घटनाको इतिवृत्त

भाँचिएको हातले कसरी गोली चलायो? कुमार पौडेलको 'इन्काउन्टर'लाई लिएर सांसदको प्रश्न, 'गृह मन्त्रीको जवाफ गैरजिम्मेवार'

कुमार पौडेल मृत्युको मुचुल्कामा सही गरेका वडा अध्यक्षको यु टर्न, भने : दोहोरो भिडन्त भएकै थिएन 

सुकुम्बासीका हिरो तर सरकारको भिलेन : कुमार पौडेलसँग जोडिएको सागरनाथ कनेक्सन 

असार ५ गतेको ती दुई कल: सञ्चै छु भनेको ४ घन्टामा मृत्युको सन्देश 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell