PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

५ जनाको ज्यान लिएका युवक बेहोस भएपछि पुर्‍याइए अस्पताल : गरेका थिए मदिरा अत्याधिक सेवन



पहिलोपोस्ट

५ जनाको ज्यान लिएका युवक बेहोस भएपछि पुर्‍याइए अस्पताल : गरेका थिए मदिरा अत्याधिक सेवन

काठमाडौं : रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १० कान्छी बजारमा पाँच जनाको हत्याको अभियोगमा नियन्त्रणमा लिएका युवकले अत्याधिक मदिरा सेवन गरेको प्रारम्भीक अनुसन्धानमा खुलेको छ।

प्रहरीले हत्याको अभियोगमा सुर्खेतका ३१ वर्षीय झसेन्द्र सिंजालीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ। मदिरा सेवन र घटनाको कारण युवक बेहोस भएपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी हेमकुमार थापाले जानकारी दिए।

'अत्याधिक मादक पदार्थ सेवन गरेको देखिएको छ। अहिले उपचारको लागि अस्पतालमा राखेका छौं,' एसपी थापाले भने।

प्रहरीको प्रारम्भीक अनुसन्धानमा सिंजालीले फरुवा( कोदालो) प्रहार गरेर पाँच जनाको हत्या गरेको देखिएको छ। मृत्यु हुनेहरुमा जानकी मुसहर, माधव मुसहर, करण चौधरी, आशिष चौधरी र पोषराज मुसहर रहेका छन्। उनीहरुको टाउँको, घाँटी र अनुहारमा चोट लागेको छ।

'घटनाको अवस्था र क्राइम सिन हेर्दा युवकले नै हत्या गरेको देखिएको छ। थप अनुसन्धान भइरहेको छ,' एसपी थापाले भने। पाँच वटै शव एउटै ठाउँमा फेला परेको थियो। मृतक मध्ये दुई जना श्रीमान् श्रीमती हुन्।

प्रहरीले घटनास्थलबाट रक्सीको बोतल समेत बरामद गरेको छ। घटना रातिको समयमा भएको हुनुपर्ने अनुमान गरिएको छ। शव पोष्टमार्टमका लागि अस्पताल लगिसकिएको छ। मृतक र अभियुक्त दुवैजना मैनहवा गाउँमा रहेको गंगादेवी पशुपालन फार्ममा काम गर्दै आएका थिए। बिहान करिब ४ बजेतिर फर्मका संचालक दूध दुहुन फार्म जाँदा घटना भएको देखेपछि प्रहरीलाई खबर गरेका थिए।

'संचालन दूध दुहुन जाँदा देखेपछि खबर गर्नुभएको रहेछ। हत्या गरेर युवक त्यही कुनामा बसिरहेको जानकारी पाएका छौं,' तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरेले भने।

रुपन्देहीका कृष्ण पुनले पशु फार्म संचालन गरेका थिए। सुरुमा कुखुरा फर्म गरेका पुन पछि पशुपालनतिर लागेका थिए। हत्या भएका श्रीमान श्रीमती कुखुरा फर्म हुँदादेखि नै काम गर्दै आएका थिए। हत्या अभियोगमा नियन्त्रणमा लिएका युवक भने केही समयदेखि काम गर्न आएको खुलेको छ।

घटनास्थलमा मदिराको बोलत, रगत लागेको फरुवा भेटिएकाले फरुवा प्रयोग गरेर हत्या गरेको संकेत दिन्छ। सँगै रहेकामध्ये पाँच जनाको हत्या, एक युवक त्यही भेटिनु र मादक पदार्थ सेवन गरेका कारण विवाद उत्पन्न भएपछि उनैले हत्या गरेको संकेत गर्छ।

सबै जना नशाको सुरुमा। एक जनाले पाँच जनाको हत्या गर्न सक्ला भन्ने प्रश्न चाहिँ जन्मिन सक्छ। तर करिब एक वर्ष अगाडि पाँचथरमिक्लाजुङ गाउँपालिका ३ आरुबोटेमा एक व्यक्तिले नौं जनाको हत्या गरेको घटना पुनरावृत्ति भएको जस्तो देखिन्छ यसमा।

५ नम्बर प्रदेश प्रहरी कार्यालयले एसएसपी राजकुमार बैदवारको नेतृत्वमा छानविन समिति गठन गरेको छ।

यो पनि पढ्नुहोस्

५ जनाको हत्या अभियोगमा सुर्खेतका सिंजाली पक्राउ, एसएसपीको नेतृत्वमा छानविन समिति

क्राइम सिन : कोदालो भिजेको छ रगतले, श्रीमान् श्रीमती नै मारिए, १४ वर्षको बालकको पनि हत्या

रुपन्देहीमा एक युवकले गरे पाँच जनाको हत्या, युवक प्रहरी नियन्त्रणमा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell