PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

रुपन्देहीमा पाँच जना हत्या प्रकरणः चरित्र हत्या गरेपछि मारेको युवकको बयान, कानुनबाट जोगिन विष सेवन



सविन ढकाल

रुपन्देहीमा पाँच जना हत्या प्रकरणः  चरित्र हत्या गरेपछि मारेको युवकको बयान, कानुनबाट जोगिन विष सेवन

काठमाडौं : मंगलवार  रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १० कान्छी बजारमा पाँच जनाको हत्या गर्ने मुख्य अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बुधवार पत्रकार सम्मेलन गरेर हत्या अभियोगमा नियन्त्रणमा लिएका  सुर्खेतका ३१ वर्षे झसेन्द्र सिंजालीलाई  सार्वजनिक गरेको हो।

रुपन्देहीका कृष्ण पुनले संचालन गरेको गंगादेवी पशु फार्ममा पाँच जनाको हत्या भएको थियो। अनुसन्धानमा सिंजालीले फरुवा( कोदालो) प्रहार गरेर पाँच जनाको हत्या गरेको देखिएको छ। मृत्यु हुनेहरुमा जानकी मुसहर, माधव मुसहर, करण चौधरी, आशिष चौधरी र पोषराज मुसहर रहेका छन्। उनीहरुको टाउको, घाँटी र अनुहारमा चोट लागेको थियो।  प्रहरीको बयानमा युवकले आफूले हत्या गरेको स्वकार गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी हेमकुमार थापाले जानकारी दिए।

विगत लामो समयदेखि सिंजालीलाई उनीहरुले चरित्र हत्या गर्ने, गलत प्रचार गर्ने गरेको कारण हत्या गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ। 'पटकपटक मेरो चरित्र हत्या गर्न खोजे। त्यो दिन पनि चरित्र हत्या गरेकाले रिसमा मारेको बयान दिएका छन्,' एसपी थापाले भने।

आफ्नो चरित्र हत्या भएपछि केही दिनदेखि नै युवकले हत्याको योजना बनाएको देखिएको छ। युवकले केही दिन अघि विषसमेत किनेर ल्याएको खुलेको छ। अरुको हत्या गरेपछि आफूलाई प्रहरीले समात्ने भएपछि विष खाएर मर्ने योजना बनाएका थिए। म यसैपनि समातिन्छु। त्यो भन्दा मर्नु नै ठीक भन्ने सोचेर विष किनेको थिएँ,' झसेन्द्रलाई उद्धृत गर्दै एसपी थापाले भने।

पाँच जनाको हत्या गरिसकेपछि युवकले विष सेवन गरेको प्रहरीको अनुसन्धाानमा खुलेको एसपी थापाको दाबी छ।

सम्बन्धित समाचार

५ जनाको ज्यान लिएका युवक बेहोस भएपछि पुर्‍याइए अस्पताल : गरेका थिए मदिरा अत्याधिक सेवन
५ जनाको हत्या अभियोगमा सुर्खेतका सिंजाली पक्राउ, एसएसपीको नेतृत्वमा छानविन समिति
क्राइम सिन : कोदालो भिजेको छ रगतले, श्रीमान् श्रीमती नै मारिए, १४ वर्षको बालकको पनि हत्या



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell