PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

४ वर्षीया बालिका सहित ७ जना कोभिड-१९ संक्रमितको मृत्यु



पहिलोपोस्ट

४ वर्षीया बालिका सहित ७ जना कोभिड-१९ संक्रमितको मृत्यु
फाइल फोटो

काठमाडौं: स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ का कारण थप सात जनाको मृत्यु भएको पुष्टि गरेको छ। सोमवारको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले थप सात जनाको मृत्यु भएको पुष्टि गरेका हुन्। 

मृत्यु हुनेमा चार वर्षकी बालिकासहित तीन महिला र चार जना पुरुष रहेको गौतमले जानकारी दिए। 

मृत्यु हुनेमा मोहत्तरीकी ४ वर्षकी बालिका रहेकी छन्। त्यस्तै गोर्खाकी ६५ र रुपन्देहीकी ६८ वर्षकी कोभिड-१९ संक्रमित महिलाको मृत्यु भएको डाक्टर गौतमले जानकारी दिए। 

त्यस्तै झापाका ८६, रौतहटका ४०, चितवनका ७८ र भक्तपुरका ७७ वर्षका कोभिड-१९ संक्रमित पुरुषको पनि मृत्यु भएको उनले पुष्टि गरेका छन्। 

सम्बन्धित समाचार: 

कोभिड-१९ अपडेट : थप ८९९ जनामा संक्रमण पुष्टि, ७ जनाको मृत्यु



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell