PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

माधव नेपालसहित पाँच नेतालाई ओलीको कारबाही, स्पष्टीकरण सोध्ने निर्णय



पहिलोपोस्ट

माधव नेपालसहित पाँच नेतालाई ओलीको कारबाही, स्पष्टीकरण सोध्ने निर्णय

काठमाडौं : प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली खेमाले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित ५ नेतालाई कारबाही गर्ने निर्णय गरेको छ।

पार्टीको विधान विपरीत गतिविधि गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। कारबाहीमा पर्नेमा नेपालसँगै उपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र केन्द्रीय कमिटी सदस्य रामकुमारी झाँक्री रहेका छन्। 

यी सबैलाई स्पष्टीकरण सोध्ने निर्णय भएको हो। बालुवाटारमा आजै बसेको संसदीय दलको बैठकले पनि गुटगत गितिविधि गर्ने नेतामाथि कारबाही गर्न सिफारिस गर्ने निर्णय गरेको ओली समूहका सांसद यज्ञ बोगटीले जानकारी दिए।

'पार्टीको विधान विपरीत छुट्टै गुट चलाउने, बैठक बहिस्कार गर्नेलाई कारवाही गर्ने कुरा भएको छ,' उनले भने।

तर, नेपाल समूहमै रहेका र ओलीको चर्को आलोचनामा उत्रिएका वरिष्ठ नेता झलनाथ खनाल भने कारबाहीबाट बचेका छन्। अदालतको फैसला अघि अस्तित्वमा रहेको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी नेकपामा ओलीलाई नेपाल समूहले कारबाही गरेको थियो।

सम्बन्धित समाचारहरु :

के छ नेपाल-खनालले लेखेको ५ बुँदे असहमति पत्रमा जसलाई ओलीले संसदीय दलमा प्रस्तुत हुनै दिएनन्

संसदीय दलको बैठकमा भाग लिएका वामदेवले गरे केन्द्रीय कमिटी बैठक बहिस्कार

कृष्णभक्त पोखरेल फर्किए ओलीतिरै : गुटगत गतिविधि स्वीकार्य नहुने ओलीको चेतावनी, एमाले बनेपछि वामदेव खुशी

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell