PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

नेपाल पक्षले नटेरेपछि महाधिवेशन आयोजक कमिटीको बैठक डाके ओलीले, कारबाही अघि बढाउने तयारी!



प्रकाश भण्डारी

नेपाल पक्षले नटेरेपछि महाधिवेशन आयोजक कमिटीको बैठक डाके ओलीले, कारबाही अघि बढाउने तयारी!

काठमाडौं : नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्ने भएको छ। बैठक दिउँसो ११ बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्ने भएको हो।

बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाल पक्षका नेताहरुलाई कारबाही गर्ने विषयमा छलफल हुने बताइएको छ। नेपाल समूहले कर्णालीमा ह्वीप नाघेर माओवादी केन्द्रको सरकार जोगाइदिएको थियो। कर्णाली प्रदेशका ५ जना नेतालाई आजै कारवाही गर्ने तयारी ओलीको रहेको बुझिएको छ।

यसैगरी ओलीले नेपाल पक्षका २७ जना सांसदलाई पनि कारबाहीबारे छलफल चलाउने भएको छ। पछिल्लोपटक पार्टीको दरार साम्य पार्न ओली र नेपाल होटल मेरियटमा जुटेका थिए। बिहीवार दुई घण्टा चलेको वार्तामा कुनै प्रगति नभएको बताएका नेपालले बताएका थिए।

ओलीसँग दुई घण्टा वार्तापछि होटल मेरियटबाट निस्किने क्रममा सञ्चारकर्मीसँग नेता नेपालले कुराकानीमा कुनै प्रगति नभएको बताएका हुन्।

बुधवार पनि ओली र नेपालबिच दुई घण्टा वार्तामा सहमति हुन सकेको थिएन। लगत्तै बिहीवार ओलीले वामदेव गौतमसँग भेट गरेका थिए। भेटमा गौतमले ओली देशको प्रधानमन्त्री र एमालेको अध्यक्ष भएको भन्दै ओलीसँगको सम्बन्ध अटुट रहिरहने बताएको प्रमुख सचेतक विशाल भट्टराईले दाबी गरेका थिए दिए।

यद्यपि नेपालसँगको पछिल्ला वार्ताहरुले सम्बन्ध झनै बिग्रने अवस्थामा पुगेपछि नेपालसहितका २७ सांसदलाई के कारबाही गर्ने भन्नेबारे बैठकले निर्णय गर्ने बुझिएको छ। यसअघि ओली पक्षले २७ जनालाई स्पष्टीकरण सोधेको थियो। बिहीवारमात्र उनीहरुले स्पष्टीकरणको जवाफ बुझाए।

अध्यक्ष ओलीले सोधेको स्पष्टीकरणको दाबी झुटो भएको बेहोरासहित वरिष्ठ नेता नेपाल समूहका सांसदले जवाफ बुझाएका हुन्

उनीहरुले दल त्याग गरेको र नयाँ दल गठन गरेको आधारमा मात्रै पार्टीले सांसद पदबाट हटाउन सक्ने भएपनि आफूहरु दुवै कार्यमा संलग्न नभएकाले ओलीले सांसद पदबाट हटाउन नसक्ने जवाफमा उल्लेख छ।

सांसद जीवनराम श्रेष्ठले लेखेको जवाफमा दल त्याग गरे वा नयाँ दल गठन गरे मात्रै राजनीतिक दल सम्बन्धि ऐन अनुसार सांसद पदबाट हटाउन सकिने दाबी गरिएको छ। अन्यथा हटाउन नसकिने जिकिर उनले गरेका छन्।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद पद 'जोखिम'मा पार्ने गरी प्रष्टीकरण सोधेपछि नेपाल पक्ष सर्वोच्च अदालतसम्म पुगेको छ। नेपाल समूहले दायर गरेको रिटमा ५ वटा मागसमेत गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell