PahiloPost

May 9, 2025 | २६ बैशाख २०८२

जसपाको समर्थनमा पृथ्बी सुब्बाको मुख्यमन्त्रीमा दाबी पेश



रिना थापा

जसपाको समर्थनमा पृथ्बी सुब्बाको मुख्यमन्त्रीमा दाबी पेश

पोखरा : जनता समाजवादी पार्टीको समर्थनसहित गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुव्बा गुरुङले पनि दावी गरेका छन्।

आज गुरुङले जसपाका अध्यक्ष महन्थ ठाकुरको हस्ताक्षर सहितको पत्र सहित यस्तो दावी प्रस्तुत गरेका हुन्।

यसअघि नेपाली कांग्रेसका रामचन्द्र अधिकारीले ३१ जना प्रदेश सदस्य सहित प्रदेश प्रमुख कहाँ पुगेर मुख्य मन्त्रीको दाबी गरेका थियो। गण्डकी प्रदेशको राजनिति पनि केन्द्रियको जस्तै देखिएको छ। जसरी प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नपाएपछि राजनितिक कदम चालेका थिए गुरुङले पनि त्यही चाल चलेका छन्।

२७ गते भएको मतमा गुरुङले विश्वासको मत प्राप्त गर्न सकेका थिएनन्। गुरुङलाई पुन: मुख्य मन्त्री बनाउन सांसद कृष्ण थापाको पनि साथ छ। जनमोर्चाका सांसद थापा पार्टीको ह्विप विपरीत उनको समर्थनमा उत्रिएका छन्। 

सम्बन्धित समाचार

गण्डकी प्रदेशको राजनीति : प्रदेश प्रमुखलाई भेट्न नदिएपछि गेट अगाडि नै धर्ना

फेक डकुमेन्ट ल्याएर राजनीतिक बेइमानी गरियो : मुख्यमन्त्रीका प्रत्यासी कृष्णचन्द्र नेपाली

ओलीकै 'रोड म्याप'मा गण्डकी प्रदेश, के राष्ट्रपति भण्डारीकै शैलीमा उत्रिन्छिन् प्रदेश प्रमुख सीता?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell