PahiloPost

Mar 12, 2026 | २८ फागुन २०८२

गण्डकी प्रदेशको राजनीति : प्रदेश प्रमुखलाई भेट्न नदिएपछि गेट अगाडि नै धर्ना

गण्डकी प्रदेशको राजनीति : प्रदेश प्रमुखलाई भेट्न नदिएपछि गेट अगाडि नै धर्ना

पहिलोपोस्ट /पहिलोपोस्ट


पोखरा : मुख्यमन्त्रीका प्रत्यासी कृष्णचन्द्र नेपाली सहित प्रदेशसभा सदस्यहरु प्रदेश प्रमुखको कार्यालय अगाडि धर्नामा बसेका छन्।

विश्वासको मत नपाएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले मुख्यमन्त्रीमा पुन: दाबी गरेपछि उनीहरु प्रदेश प्रमुख सीताकुमारी पौडेललाई भेट्न प्रदेश प्रमुखको कार्यालय पुगेका थिए। तर, सुरक्षाकर्मीले गेटबाट छिर्न नदिएपछि उनीहरुले गेट अगाडि नै धर्नामा बसेका हुन्।

त्यस्तै, कृष्णचन्द्र नेपालीले केन्द्रीय सरकारको कदमको डुब्लिकेट गण्डकी प्रदेशमा भएको भन्दै त्यसप्रति आपत्ति प्रकट गरेका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेललाई भेट्नु अघि उनले भने, 'केन्द्रीय सरकारको डुब्लिकेट यहाँ भएको छ, त्यसको घोर भत्सर्ना गर्छौं।'

३१ जना प्रदेशसभा सदस्य सहित उनीहरुले धर्ना दिइरहेका छन्। उनले आफ्नो दावेदारी वैधानिक रहेको र मुख्यमन्त्री गुरुङले फेक डकुमेन्ट पेश गरेको पनि आरोप लगाए। 

सम्बन्धित समाचार:

फेक डकुमेन्ट ल्याएर राजनीतिक बेइमानी गरियो : मुख्यमन्त्रीका प्रत्यासी कृष्णचन्द्र नेपाली

जसपाको समर्थनमा पृथ्बी सुब्बाको मुख्यमन्त्रीमा दाबी पेश

ओलीकै 'रोड म्याप'मा गण्डकी प्रदेश, के राष्ट्रपति भण्डारीकै शैलीमा उत्रिन्छिन् प्रदेश प्रमुख सीता?



ट्रेन्डिङ पोस्ट

Ncell