PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

प्रतिनिधिसभा विघटन : संवैधानिक इजलासले असार २८ गते फैसला सुनाउने



प्रतिनिधिसभा विघटन : संवैधानिक इजलासले असार २८ गते फैसला सुनाउने

काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुमाथि बहस सकिएको छ।

निवेदकहरुले १२ घण्टा र विपक्षीहरुले १५ घण्टा बहस गरेपछि आइतबारबाट निवेदकका वकिलहरुले जवाफी बहस गरेका थिए। आज निवेदकका तर्फबाट तीनजना वकिलले बहस गरेपछि चारजना एमिकस क्युरीले बहस गरेका थिए।

एमिकस क्युरीको बहसपछि इजलासले मुद्दा हेर्दाहेर्दैमा राखेको छ। साथै, असार २८ गते फैसला आउने समेत बताइएको छ।

सम्बन्धित समाचार :

एमिकस सदस्यको दलील : धारा ७६ (३) को आधारमा ओलीको नियुक्ति नै गैर संवैधानिक

इजलासमा उषा मल्ल पाठकले भनिन् : प्रधानमन्त्री हुँदाहुँदै अर्को प्रधानमन्त्रीको लागि प्रक्रिया आह्वान हुन सक्दैन, तर विघटन संवैधानिक छ

एमिकसको राय बहस : कोमलप्रसादले भने 'निर्दलीय व्यक्ति प्रधानमन्त्री हुँदैमा बहुदलीय व्यवस्था खलबलिने हुँदैन'

इजलासमा अन्तिम बहस गर्ने प्रकाश केसीलाई प्रधानन्यायाधीशको प्रश्न : मलाई बेन्च तोक्ने अधिकार छ, तर बेन्चै तोक्दिन भन्न पाइन्छ ?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell