PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

देउवा र प्रचण्डबिच संसदमा आज एमसीसी पेश नगर्ने सहमति, भोलि गठबन्धनको बैठक बस्ने



पहिलोपोस्ट

देउवा र प्रचण्डबिच संसदमा आज एमसीसी पेश नगर्ने सहमति, भोलि गठबन्धनको बैठक बस्ने

काठमाडौं : प्रतिनिधिसभामा आज अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पेश नहुने भएको छ। प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच भएको भेटमा एमसीसी पेश नगर्ने निर्णय भएको हो।

‘दुई नेताहरुबिचको छलफलमा आज एमसीसी टेबल नगर्ने सहमति भयो’ प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले भने।

सरकारले आज संसदमा एमसीसी पेश गर्ने तयारी गरे पछि माओवादी केन्द्रको बसेको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने चेतावनी दिएको थियो। माओवादीका प्रमुख सचेतक देव गुरुङले गठबन्धनमा सहमति नभइ एमसीसी पेश भए गठबन्धन तोडिने र आफूहरु सरकारबाट बाहिरिने बताएका थिए। माओवादीले संसदमा एमसीसी पेश गर्न तीनवटा शर्तहरु अघि सारेको थियो।

सम्बन्धित समाचार : जबरजस्ती गरेर एमसीसी पारित भए गठबन्धन स्वत: तोडिन्छ : देव गुरुङ

बैठकपछि प्रचण्ड र देउवाबिच भेट भएको थियो। भेटमा एमसीसी आज अघि नबढाउने सहमति भएको हो।

एमसीसी बारे निर्णय लिन दुई नेताबिच भोलि सत्तारुढ गठबन्धनको बैठक बस्ने निर्णय भएको प्रचण्डको सचिवालयले जनाएको छ।

सम्बन्धित समाचार : एमसीसीको विपक्षमा माओवादी केन्द्र : संसदमा पेश भए सरकारबाट बाहिरिने चेतावनी

एमसीसी संसदमा पेश गर्न माओवादीले अघि सार्‍यो तीन शर्त, आजको बैठकमा पेश होला त प्रस्ताव ?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell