
चीनको बेइजिङमा हुन गइरहेको शीतकालिन पारालम्पिक्समा रसिया र बेलारुसका खेलाडीले पनि सहभागिता जनाउन पाउने इन्टरनेशनल पारालम्पिक्स कमिटी (आईपीसी)ले जनाएको छ। फुटबल लगायत ओलम्पिक कमिटीले समेत रसियाको युक्रेनमाथिको आक्रमणको कारण देखाउँदै आफ्ना प्रतियोगितामा रोक लगाइरहँदा आईपीसीले भने पारालम्पिक्सको झण्डा प्रयोग गरेर सहभागिता जनाउन पाउने निर्णय गरेको हो।
'तिनीहरू पाराओलम्पिक झण्डामुनि प्रतिस्पर्धा गर्नेछन् र पदक तालिकामा समावेश हुनेछैनन्,' आईपीसीको विज्ञप्तिमा भनिएको छ।
बोर्डलाई आईपीसीको मूल सिद्धान्तहरूद्वारा निर्देशित भइ कारबाही गर्ने निर्णय गरेको राजनीतिक तटस्थता र निष्पक्षताप्रति प्रतिबद्धता र खेलको परिवर्तनकारी शक्तिमा अटल विश्वास रहेको विज्ञप्तिमा उल्लेख छ।
प्रतियोगिताको उद्घाटन समारोह शुक्रवार हुँदैछ। आईपीसीका अध्यक्ष एन्ड्र्यु पर्सन्सले 'कडा भन्दा कडा सजाय' दिइएको दाबि गरेका छन्।
'आईपीसी गभर्निंग बोर्ड यी कार्यहरूको निन्दामा एकजुट छ र तिनीहरू बेवास्ता गर्न वा बेवास्ता गर्न सक्दैनन् भन्नेमा सहमत थियो,' उनले भनेका छन्, आईपीसीले कस्तो कारबाही गर्ने भन्ने निर्णय गर्दा, हामीले राजनीतिक रूपमा तटस्थ रहन हाम्रो नयाँ नियमको ढाँचाभित्र काम गर्नु आधारभूत कार्य थियो।'
मार्च ४-१४ सम्म चल्ने खेलहरूमा सहभागिता जनाउन नौ जना गाइडहरूसहित २० सदस्यीय युक्रेनी टोली बुधबार बेइजिङ लागि पुगेको थियो।
विश्व फुटबलको सञ्चालक निकाय फिफा, युरोपेली फुटबलको सञ्चालक निकाय यूईएफए लगायत धेरै खेलकुद महासंघहरूले युक्रेनमाथि रुसी आक्रमणको प्रतिकृया स्वरुप रसिया र उसको समर्थक बेलारुसको टोली र खेलाडीहरूलाई प्रतिबन्ध लगाएका छन। त्यस्तै उनीहरूलाई यस सिजनको च्याम्पियन्स लिग फाइनल जस्ता मुख्य कार्यक्रमको आयोजनबाट पनि हटाएका छन्।
सम्बन्धित समााचार
युक्रेनमाथि आक्रमण गरेको भन्दै पोल्याण्ड र स्वीडेनले रसियासँग विश्वकप छनोट खेल्न गरे अस्वीकार
रसिया-युक्रेन तनाबमा खेल कूटनीति: स्थिति नियाल्दै फिफा र यूईएफए, च्याम्पियन्स लिगको फाइनल सार्न दबाब
रसियाको फुटबल टोलीलाई झण्डा र राष्ट्रिय गान बिना खेल्न फिफाको निर्देशन