PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

एलिजाबेथ पोखरा आउँदा सेलरोटीको स्वागत द्वार बनाएर गरिएको थियो स्वागत



पहिलोपोस्ट

एलिजाबेथ पोखरा आउँदा सेलरोटीको स्वागत द्वार बनाएर गरिएको थियो स्वागत

पोखरा : ७० वर्षसम्म बेलायतको राजगद्दीमा रहेकी महारानी एलिजाबेथ द्वितीयको बिहीवार निधन भयो। बेलायतमा सबैभन्दा लामो समयसम्म शासन गरेकी एलिजाबेथ नेपाल भ्रमणमा पनि आएकी थिईन्। एकपटक राजा महेन्द्र र अर्कोपटक राजा वीरेन्द्रको निमन्त्रणामा।

दुईपटक नेपाल भ्रमणमा आएकी महारानी एलिजाबेथ प्रथम भ्रमणका क्रममा पोखरा आएकी थिइन्। राजा महेन्द्रको निमन्त्रणामा २०१७ सालमा नेपालमा भ्रमणमा आएकी महारानी चितवन हुँदै पोखरा आएकी थिइन्। त्यसबेला गोर्खा सैनिकहरुले पोखरामा एलिजाबेथको स्वागत गरेका थिए।

आफ्नो जीवनशैलीसँग प्रत्यक्ष जोडिएको पात्रको देहवसानले बेलायत अहिले शोकमा छ। र, बेलायतसँगै विश्वभरबाट एलिजाबेथको स्मरण भइरहेको छ। यसैबिच संकलनकर्ता सुनिल उलकले महारानी एलिजाबेथ पोखरा आउँदाको भिडियो सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका छन्।

त्यसबेला महारानी एलाजबेथको स्वागतमा स्थानीयहरुले सेलरोटीको स्वागत द्वार बनाएका थिए। त्यससमय एलिजाबेथले मिशन हस्पिटल (हालको हरियोखर्क) अवलोकन गर्ने कार्यक्रम थियो।

‘रानीले पोखरामा संचालित मिशन हस्पिटल अवलोकन गर्ने कार्यक्रम रहेको हुँदा बजार क्षेत्रमा पनि रौनक थपिएको थियो। स्वागतद्वारहरु बजार भरि बनाइएको थियो’, उलकले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘भीमसेन टोलका स्थानीयहरुको सक्रियतामा बनाइएको सेलरोटीको स्वागत द्वारको चर्चा त्यो बेला निकै चलेको थियो। भीमसेन टोलमा भुत्तेको नामले प्रख्यात सिद्धीलाल चुल्याजुले सेलरोटी बनाएका थिए भने सजाउने काम सबै टोलवासी मिलेर गरेका थिए।’

उनका अनुसार पोखरामा देशभरिका पूर्व सैनिकहरुलाई महारानीको स्वागतका लागि बोलइएको थियो।

विसं २०१७ फागुन १९ गते एलिजाबेथ चितवनबाट पोखरा पुगेकी थिइन्। पोखरामा देशैभरबाट गोर्खा पूर्वसैनिकहरु उनको स्वागतका लागि पुगिसकेका थिए। पोखरा विमानस्थलमा पोखराका विद्यालयका छात्रछात्राहरुलाई पनि लगिएको थियो। सो दिन भारतीय पेन्सन क्याम्पमा पूर्व गोर्खा सैनिक पत्नीहरुलाई लुगा सिलाउने हाते मशिन उपहार दिइएको थियो।

मिशन हस्पिटलबाट फर्कने क्रममा रानी एलिजाबेथ जिपमा फर्किएकी थिइन् भने प्रिन्स फिलिपले भने हिँडेर फर्कने इच्छा राखेका थिए। जसले गर्दा युवराज वीरेन्द्रले साथ दिँदै बिन्द्यवासिनीबाट हिँडेर बजारै बजार फर्किएका थिए।

पढ्नुस : अब बेलायतमा गुञ्जिनेछ 'गड सेभ दी किङ', नयाँ राजा बने चार्ल्स तृतीय

‘लन्डन ब्रिज इज डाउन’ : एलिजाबेथको निधनसँगै अब सिक्का र नोटमा राजा चार्ल्सको तस्विर, अरु के के परिवर्तन हुनेछ?

जब रोकियो इतिहास : तस्विरमा महारानी एलिजाबेथको शासनकाल

हेर्नुस् एलिजाबेथ पोखरा पुगेको भिडियो :



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell