काठमाडौं : पछिल्लो मतपरिणाम अनुसार गगन थापा कांग्रेसमा जित निकाल्ने पहिलो पदाधिकारी बनेका छन्। कांग्रेस महामन्त्री थापाले काठमाडौं ४ बाट जित निकालेका हुन्।
एमालेका डा राजन भट्टराईलाई ७ हजार ४४७ मतान्तरले हराउँदै गगनले ह्याट्रिक जित गरेका हुन्। काठमाडौं ४ मा कुल ४५ हजार ५०३ खसेकोमा थापाले २१ हजार ३०२ मत पाए।
उनका प्रतिद्वन्द्वी भट्टराईले १३ हजार ८५५ मत पाए। थापा निर्वाचित भए पनि निर्वाचन आयोगबाट औपचारिक घोषणा हुन भने बाँकी छ।
हालसम्म कहाँ कहाँ कांग्रेसको जित?
गगनसँगै कांग्रेसमा चार जनाले प्रतिनिधि सभाको लागि जित निकालिसकेका छन्। काठमाडौं १ बाट कांग्रेस नेता प्रकाशमान सिंह निर्वाचित भएका छन्। यसैगरी मनाङबाट टेकबहादुर गुरुङले प्रतिनिधि सभाका लागि जित निकालेका छन्। मुस्ताङमा कांग्रेसकै कान्छा युवा नेता योगेश गौचन थकाली निर्वाचित भएका छन्।
प्रतिनिधि सभामा मनाङबाट कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित, प्रदेश 'क' मा कांग्रेसकै मुनिन्द्रजंग
रवीन्द्र मिश्रसँगको मतान्तरबारे प्रकाशमानको टिप्पणी : झन्डै - झन्डै गोल हानेको भन्याजस्तै हो यो