काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी कर्मचारीको काम प्रति चर्को असन्तुष्टि व्यक्त गरेका छन्। मन्त्रालयका सचिवहरुसँग सिहंदरवारमा भएको दुई दिनको छलफल पछि प्रचण्डले कर्मचारीलाई निर्देशन दिएका थिए। राहदानी लिन रातिदेखि लाइन बस्नुपरिरहेको, राष्ट्रिय परिचय पत्र लिन लामो समय लागेका लगायतका सरकारका काममा प्रचण्डले असन्तुष्टि जनाएका हुन्।
'अहिले तपाईँ हामी यो बैठक गरिरहँदा राहदानी लिन बिहान दुई बजेदेखि लाइनमा बसेको समाचार प्रकाशित भएको छ। राष्ट्रिय परिचय पत्र लिने सास्ती उत्तिकै छ। त्यो परिचयपत्र किन आवश्यक भएको हो भन्ने प्रश्नको चित्तबुझ्दो उत्तर हामीसँग छैन। अहिलेकै गतिमा राष्ट्रिय परिचयपत्रको काम हुने हो भने तीन करोड नेपालीको हातमा राष्ट्रिय परिचयपत्र पुग्न दशकौ लाग्छ भने एक जना सरकारी अधिकारीले मलाई हिजो मात्र सुनाउनुभएको थियो,' प्रचण्डले भनेका थिए।
प्रचण्डले जारी गरेको निर्देशनको ११ औं बुँदामा सरकारी अस्पताल र सामुदायीक विद्यालयकोस्तर खस्किएको उल्लेख छ।
'सरकारी अस्पताल र सामुदायिक विद्यालयमा शिक्षाको स्तर किन खस्कियो र यसको निराकरण के हो भन्ने खोजी गर्नैपर्छ। मौजुदा स्रोतसाधन र क्षमताको इमानदारीपूर्वक कार्यान्वयनबाट पनि राम्रो नतिजा ल्याउन सकिन्छ भन्ने उदाहरण चितवन र बुटवल लगायतका उत्कृष्ट नतिजा ल्याउने दर्जनौं सामुदायिक विद्यालयहरू छन्। तिनको सिको अन्य विद्यालयले गर्न नसक्ने कारण के हुन्? नीतिगत असहजता हो भने सुधारका उपायसहितको प्रस्ताव ल्याउनुहोस्। तर यो विसङ्गति हटाउनैपर्छ,' प्रचण्डले भनेका छन्।
कर्मचारीमाथि खनिएका प्रचण्डले ३० बुँदामा के - के दिए निर्देशन? यस्तो छ पूर्णपाठ
३० बुँदे निर्देशन जारी गर्दै प्रचण्डले सचिवहरुलाई भने : ठ्याक्कै तपाईँहरुले भनेकोजस्तो स्थिति छैन