PahiloPost

Sep 17, 2026 | १ असोज २०८३

कांग्रेस नेता खाणका स्वकीय सचिव नरेन्द्र केसी पनि समातिए



पहिलोपोस्ट

कांग्रेस नेता खाणका स्वकीय सचिव नरेन्द्र केसी पनि समातिए

काठमाडौं : नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाडका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन्।

आज बिहान उनलाई काठमाडौंको जडिबुटीबाट पक्राउ गरिएको हो। नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नता रहेको भन्दै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। त्यस्तै, आज बिहानमात्र प्रहरीले खाणलाई पक्राउ गरेको छ। यस प्रकरणमा अहिलेसम्म १२ जना समाति सकेका छन्।

त्यस्तै खाँणकी श्रीमती मञ्जु पनि यसमा आरोपी बनेकी छिन्। नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी फरार छन्। उनलाई गिरफ्तारीको पत्र जारी भएसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्टि जनाएका थिए।

सम्बन्धित समाचार



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell