
काठमाडौं : नेपाली कांग्रेस संस्थापनइतरले थालेको पार्टी रुपान्तरण अभियान कोशी पुगेर टुंगिएको छ। बिहीवारको कार्यक्रममा कांग्रेसका नेता जगदीश नरसिंह केसीले रूपान्तर कोशीमा अभियान सम्पन्न भए सँगसँगै अन्त्य भएको बताए। मधेश प्रदेशबाट थालिएको रुपान्तरण अभियानले सातै प्रदेशको केन्द्रमा कांग्रेस सुधार र रुपान्तरणका लागि नेता कार्यकर्ताबाट सुझाव लिएको छ। रूपान्तरणका विषयमा देशभरीका कार्यकर्ताको एउटै गुनासो रहेको केसीको भनाइ रह्यो। 'माथिका नेतृत्वहरूलाई सफा नबनाएसम्म तल सफा नहुने आम सर्वसाधारणले बताएका छन्,' केसीले भने, 'पार्टीभित्र बसेर प्रत्येक सदस्यको भावनालाई नबुझिकन एकल ढंगले आफुले जे गर्यो त्यही ठीक भन्ने प्रवृत्ति भएन भन्ने नै छ।'
कांग्रेस पार्टीगत हिसाबले नचलेको र पार्टीभित्रका व्यक्तिहरूबाटै विधान मिच्ने काम भएको केसीले बताए।
अभियानमा गुरु घिमिरे, मधु आचार्य, भुपेन्द्रजंग शाही, रञ्जित कर्ण, केसी, देवराज चालिसे, भरत खड्का, सुबास पोख्रेल, बिजुला बर्मा, धर्मेन्द्र नेम्वाङ, विष्णुदेवी पाण्डे, विक्रम खनालसहितका नेताले यो अभियानलाई अगाडि बढाइरहेका छन्। अभियानमा नरेन्द्र केरुङ, भूपेन्द्र थापा, वंशलाल तामाङ, रिता शाही, लक्ष्मी पाण्डे, सुवास लोहनी, नबिन श्रेष्ठ, तेजेन्द्र भटराईसहितका नेता पनि सहभागी छन्। लुम्बिनीमा संयोजक तोकिएका प्राडा गोविन्द पोखरेल भने अभियानमा देखिएनन्। कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका पोखरेलले रुपान्तरण अभियानमा शुरुवाती मोर्चा कसेका थिए।
सात प्रदेशका ७ ठूला अन्तरक्रियामा एक ठाउँमा एक सयजना बढी सहभागीको गुनासो सुनेको र त्यसलाई लिपिबद्ध गरिएको भुपेन्द्रजंग शाहीले बताए। सहभागीका गुनासा र पार्टीप्रतिका अपेक्षालाई प्रतिवेदन बनाएर पार्टी नेतृत्वलाई बुझाउने अभियानको तयारी छ।
कांग्रेसले थाल्यो पार्टी सुधार तथा रुपान्तरण अभियान, तोकिए सातै प्रदेशमा संयोजक
रुपान्तरण अभियानप्रति रुष्ट देउवा: मनलागी गर्ने? अरु पनि जाला नि देशभरी, घुम्ला नि!
चर्को गर्मीमा झेल्दै कांग्रेसको रुपान्तरण अभियान, शेखरसँग देउवाले राखे चासो