PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

फुटबलमा आर्मी, क्रिकेटमा एपीएफ र भलिबलमा पुलिस अब्बल, महिलातर्फ तीनवटै विधामा एपीएफ अगाडि



पहिलोपोस्ट

फुटबलमा आर्मी, क्रिकेटमा एपीएफ र भलिबलमा पुलिस अब्बल, महिलातर्फ तीनवटै विधामा एपीएफ अगाडि
पुरुष फुटबलको स्वर्ण विजेता आर्मी

बाँके : आठौँ राष्ट्रिय खेलकुदको अधिकांश खेलमा विभागीय टोली हावी रह्यो। पदक तालिकामा तीन विभागीय टोलीको वर्चस्व कायम रह्यो।

त्रिभुवन आर्मी १४० स्वर्णका साथ पहिलो हुँदा पुलिस दोस्रो  र एपीएफ तेस्रो भयो।

कूल स्वर्ण पदकको तीन भागमध्ये दुई भागभन्दा बढी तीन विभागीय टोलीले जिते।

यसैगरी तीन चर्चित खेल फुटबल,क्रिकेट र भलिबलमा पनि विभागीय टोली नै अब्बल रहे।

पुरुषतर्फ यी तिन खेलमध्ये तीन वटै विभागीय टोलीले एक-एक खेलमा स्वर्ण जित्दा महिलातर्फ भने तीनवटै खेलमा एपीएफ अब्बल बन्यो।

पुरुष फुटबलको विभागीय डर्बी फाइनलमा आर्मीले पुलिसलाई १-‍० ले हराउँदै स्वर्ण जित्यो। त्यसअघि भलिबलमा पुलिसले आर्मीलाई ३-१ को सेटमा हराउँदै स्वर्ण जितेको थियो।

अर्को क्रिकेटमा भएको विभागीय डर्बी फाइनलमा एपीएफले पुलिसलाई ३२ रनले पराजित गर्दै स्वर्ण जित्यो।

यसैगरी महिलातर्फ भलिबलमा एपीएफले प्रदेश नम्बर ३ लाई ३-० को सेटमा हराएर स्वर्ण जित्यो। क्रिकेटमा अघिल्लो दिनै एपीएफले प्रदेश ३ लाई हराएर स्वर्ण जितिसकेको थियो। यसैगरी महिला फुटबलको फाइनलमा एपीएफले आर्मीलाई पेनाल्टीसुटआउटमा पराजित गर्दै स्वर्ण जितेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell