PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

अघिल्लो पटक 'मन्त्रिपरिषद बैठक' भने पनि सिंगापुरबाट प्रम ओलीसँगको कुराकानी यसपाला चाहिँ 'छलफल'मात्रै



नेत्र तामाङ

अघिल्लो पटक 'मन्त्रिपरिषद बैठक' भने पनि सिंगापुरबाट प्रम ओलीसँगको कुराकानी यसपाला चाहिँ 'छलफल'मात्रै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज पनि सिंगापुरबाटै क्याबिनेटका सदस्यहरुसँग छलफल गरेका छन्।

नेपाली समय अनुसार दिउँसो १: १० बजे शुरु भएको छलफलमा सरकारका कामबारे कुराकानी भएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जनाएका छन्।

स्वास्थ्यमा समस्या देखिएपछि दोस्रो पटक भदौ ५ गते सिंगापुर पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ ८ गते भिडियो कन्फ्रेन्समार्फत् पहिलोपटक मन्त्रिपरिषद्को बैठकको अध्यक्षता गरेको सार्वजनिक गरेका थिए।

उक्त बैठकको प्रतिपक्षी दल र सत्तापक्षकै नेताहरुले तीव्र विरोध भयो। त्यसैले यसपटक भने भाषा सच्याउँदै छलफलमात्र भएको ट्वीटमार्फत् रिमालले जनाएका छन्।

ट्वीटरमा रिमालले लेखेका छन्, 'प्रम केपी शर्मा ओलीले सिंगापुरबाट टेलिप्रिजेन्स प्रविधिमार्फत आज दोस्रो चोटी आफ्नो क्याबिनेटका सदस्यहरूसँग सरकारका कामको बारेमा छलफल गर्नुभयो।'

छलफलमा ओलीले आफ्नो उपचारबारे जानकारी दिने र मन्त्रीहरूले आफ्नो कामकाबारे प्रमलाई अपडेट गर्ने बताइएको छ।

कार्यवाहक प्रधानमन्त्री हुँदाहुँदै प्रधानमन्त्री ओलीले सिंगापुरमार्फत मन्त्रिपरिषद्को बैठकको अध्यक्षता गर्नु ठीक नभएको भन्दै प्रतिपक्षी दल कांग्रेसले विरोध गर्दै आएको थियो। यसैगरी मन्त्रिपरिषद्को गोपनीयतामासमेत यसले समस्या पैदा हुने कांग्रेसको ठहर रहेको थियो।

विरोध चर्किएपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले गत बिहिवार उक्त बैठक क्याबिनेट बैठक नै नभएको दाबी गरेका थिए भलै प्रधानमन्त्री ओलीले क्याबिनेटको अध्यक्षता भर्चुअलरुपमा नै गरेको ट्विट गरेका थिए।

सम्बन्धित समाचार

प्रधानमन्त्री ओलीले झुट बोले कि सञ्चारमन्त्री बास्कोटाले? जनता ढाँट्ने को?

प्रधानमन्त्री सिंगापुरबाटै सहभागी भर्चुअल क्याबिनेट : हात्ती आयो, हात्ती आयो, फुस्सा!

मन्त्रिपरिषदको बैठक 'भिडियो कन्फ्रेन्स'मार्फत गर्नु गलत भन्दै कांग्रेसले दियो तीन कारण, सोध्यो कार्यवाहक प्रधानमन्त्री छ कि छैन?

मन्त्रिपरिषद्को बैठक भिडियो कन्फ्रेन्समार्फत गरेर सरकारले जग हँसायो : नेपाली कांग्रेस

भिडियो कन्फ्रेन्सबाट मन्त्रीपरिषदको बैठक नभएको मन्त्री बाँस्कोटाको दाबी, 'प्रधानमन्त्रीज्यूले हेलो भन्नुभयो, हामीले नमस्कार गर्यौँ'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell