PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

काठमाडौंमा विस्फोट: सुकेधारामा दुई र घट्टेकुलोमा एक जनाको मृत्यु



सविन ढकाल

काठमाडौंमा विस्फोट: सुकेधारामा दुई र घट्टेकुलोमा एक जनाको मृत्यु

काठमाडौँ: आइतबार सुकेधारा र घट्टेकुलोमा भएको विस्फोटमा परी तीन जनाको मृत्यु भएको छ। सुकेधारामा दुई जना र घट्टेकुलोमा एक जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी विश्वराज पोखरेलले बताए। 

'सुकेधारा र घट्टेकुलो विस्फोटमा घटनास्थलमा एक/एक जना र सुकेधारामा भएको विस्फोटमा घाइते एक जनाको उपचारको क्रममा मृत्यु भएको छ,' डिआइजी पोखरेलले भने। मृतकको सनाखत हुन सकेको छैन।

घटना नियोजित भएको प्रहरीले दाबी गरेको छ। महानगरीय कार्यालय रानीपोखरीका एसएपी श्याम ज्ञवालीले दुर्घटना नभएर नियोजित भएको बताएका हुन्। आज दुबै स्थानमा ग्यास सिलिन्डर विस्फोट भएको हो। 

सुकेधारमा विस्फोट हुँदा ६ जना र अनामनगरमा दुई जना घाइते भएका थिए।

सम्बन्धित समाचार

फोटोमा सुकेधारा विस्फोटस्थल

घट्टेकुलोमा पनि विस्फोट, दुई जना घाइते

सुकेधारामा विस्फोट, '६ जना घाइते'

घट्टेकुलो विस्फोटस्थलमा प्रहरी र सेना : १२ फोटोमा हेर्नुस्

'सुकेधारा र अनामनगर विस्फोट' दुर्घटना होइन, नियोजित : प्रहरी

अस्पताल लैजाँदै गर्दा घाइतेले भने, 'साथीको घर गएको थिएँ, ड्याम्म पड्क्यो'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell