PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

पूर्व सचिव कार्कीकी पत्नीको हत्या योजनाबद्ध, 'हत्यामा कामदारकै हात'   



सविन ढकाल

पूर्व सचिव कार्कीकी पत्नीको हत्या योजनाबद्ध, 'हत्यामा कामदारकै हात'   

काठमाडौं : पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको हत्या भएको खुलेको छ। 
 
बिहान १० बजेदेखि ११ बजेको समयमा घरमा कोही नभएको अवस्थामा कार्कीको हत्या भएको देखिएको छ। 

उनको हत्या घरमा काम गर्न राखिएका २२ वर्षीय विजय चौधरीले गरेको खुलेको प्रहरीका एक उच्च अधिकृतले जानकारी दिए। 'योजनाबद्ध रुपमा घरमा कोही नभएको अवस्थामा हत्या गरेको देखियो,' ती उच्च प्रहरी अधिकृतले भने।
 
घटनास्थलबाट प्रहरीले भाँचिएको अवस्थामा प्लाष्टिकको पिर्कासमेत बरामद गरेको छ। त्यस्तै प्रहरीले घरभित्र नै लिभिङ रुममा विजय चौधरीको नाइलनको डोरी लगाएर झुन्डिएको अवस्थामा मृत फेला परेको थियो। 

हत्या गरिसकेपछि उनले आत्महत्या गरेको ती प्रहरी अधिकृतले जानकारी दिए। प्रहरीले कार्कीको घरमा रहेको सिसिटिभि क्यामरासमेत हेरेको छ। 

बिहान १० बजेर १० मिनेटमा युवकले मुनालाई डोरी घाँटीमा लगाएर लडाएको र त्यसपछि पिर्काले प्रहार गरेर हत्या गरेको देखिए हो। हत्याको कारण भने खुल्न सकेको छैन। 'केही समय दुई पक्षबीच लडाई भएको देखिन्छ। त्यसपछि महिलाको हत्या गरेर उसले पनि आत्महत्या गरेको देखिन्छ,' ती उच्च प्रहरी अधिकारीले भने।

यता महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाले भने कार्कीलाई प्रहरीले उनकै भान्छामा अचेत अवस्थामा फेला पारेर अस्पताल पुर्‍याइएको जानकारी दिए। 'धारा नजिकै रगत लागेको देखिन्छ। त्यहाँ ठोकिएको वा ठोकाएको हुनसक्छ,' एसएसपी थापाले भने। 

उपचारको क्रममा कार्कीको स्टार हस्पिटलमा मृत्यु भएको हो। पूर्वसचिव भने पूजा गर्न बिहानै पशुपति गएका थिए। घरमा भएका कार्कीका एक छोरा पनि स्कुल गएको प्रहरीले जानकारी दिएको छ। कार्कीका दुई छोरी भने विदेशमा नै बस्दै आएका छन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

अपडेट : घटना स्थलमा भाँचिएको प्लास्टिकको पिर्का,सिसी क्यामराको भिडियो फुटेज हेर्दै प्रहरी

पूर्व सचिव कार्कीकी श्रीमती र कामदारको मृत्यु प्रकरण, ९ फोटोमा हेर्नुस् घटनास्थल

अपडेट : पूर्वसचिव कार्कीकी श्रीमतीको मृत्यु

पूर्वसचिव कार्कीको घरमा कामदार मृत फेला, श्रीमती अचेत



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell