PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कोरोनाबाट मृत्यु भएकी दुई वर्षीया बालिका आएकै दिन गौरीफन्टा नाकाबाट भित्रिएका थिए पाँच हजारको हुल, ५७ जनासँगै पुगेकी थिइन् बाजुरा



एम बम

कोरोनाबाट मृत्यु भएकी दुई वर्षीया बालिका आएकै दिन गौरीफन्टा नाकाबाट भित्रिएका थिए पाँच हजारको हुल, ५७ जनासँगै पुगेकी थिइन् बाजुरा
फाइल फोटो : बालिका आएकै दिन गौरीफन्टा नाकामा लागेको भिड।

कैलाली : कोरोनाबाट मृत्यु भएकी बाजुराकी दुई वर्षीया बालिकासँगै गौरीफन्टा नाकाबाट ५ हजार बढी आएको खुलेको छ। उनी १३ गते गौरिफन्टा–त्रिनगर नाकाबाट धनगढी हुँदै बाजुरा पुगेको खुलेको हो।

बाजुरामा मृत्यु भएकी दुई वर्षीया बालिकालाई कोरोना पुष्टि, आमाको पनि पोजेटिभ

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीसँगै सो दिन नाकाबाट पाँच हजार दुई सय ४२ जनाको उद्धार गरिएको थियो। ती बालिकामा कोरोना पुष्टि भइसकेको छ भने उनकी २३ बर्षीया आमामासमेत संक्रमण रहेको स्वास्थ्य मन्त्रालयले नै पुष्टि गरिसकेको छ।

सो दिन उक्त नाकाबाट सबैभन्दा बढी कैलालीका नागरिकको उद्धार गरिएको थियो। कैलालीका एक हजार एक सय ७५ जना उक्त नाका भएर आएका थिए भने बाजुराका दुइ सय ९२ जना थिए।

बुढीगंगा नगरपालिकाका नगरप्रमुख दीपक विक्रम शाहकाअनुसार उनी बाजुरामा ५७ जनासँगै गएकी थिइन्। उनले भने, ‘उनी बसेको बुढीगंगा नगरपालिका १ धुरालसेन माविको क्वारेन्टिनमा १ सय ७५ जना बसेका छन्। हामीले उनीहरु सम्झाइबुझाइ गर्ने काम गरेका छौं भने, क्वारेन्टिन सिल गरिसकेको छौं।’

प्रदेश सरकारले नागरिकको स्वास्थ्य परीक्षणमा चासो दिन नसक्दा अहिले पहाडि जिल्लाहरु यसबाट निकै प्रभावित बन्ने खतरा देखिएको उनले बताए। ‘हामीले पटक पटक भनेका थियौं की नाकामै स्वाब संकलन र स्वास्थ्य परीक्षण हुनुपर्छ भनेर।’ उनले भने, ‘तर प्रदेश सरकारले त्यसो गर्न नसक्दा अहिले उल्टो परिरहेको छ। मानिसहरु धनगढीबाट बाजुरा आउँछन्। उनीहरुको स्वाब संकलन गरेर हामीले फेरी धनगढी पठाउनुपर्छ।’

हाम्रै कुरा सुनुवाइ नहुँदा अब यसको धेरै महँगो मुल्य हामीले चुकाउनुपर्छ की जस्तो लागेको उनले बताए।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले मृतकको शव व्यवस्थापनको पहल भइरहेको बताए। उनले भने, ‘त्यसका लागि हामीले केही बेर अघि बडी कभरलगायतका स्वास्थ्य सामग्री पठाइसकेका छौं। सक्भर रातिनै र नभए भोलि बिहानसम्म त्यो मार्तडी पुग्छ।’

सुदूरपश्चिम कोरोनाको उच्च जोखिममाः गौरीफन्टाबाट एक सातामा आठ हजार भित्रिए, सीमामा भएन परीक्षण

नारावाजी र जुलुससहित हुलकाहुल छिर्दा यी दुई पनि थिए जो आज संक्रमित देखिए

दुई नाकाबाहेक अरु बन्द गर्न सुदूर पश्चिम प्रदेशको निर्णय, गौरीफन्टा र गड्डाचौकीबाट नेपाल छिर्दै थेगिनसक्नु भिड

जेठ १३ गते नेपाल भित्रिएकाको तथ्याङ्क

कंचनपुर  -   ७०३   

डडेल्धुरा  - ५०३   

डोटी   -८८१   

अछाम    -५८४   

बाजुरा     -२९२   

बैतडी     -६१०   

बझांग     -३५०   

दार्चुला   - ६८   

अन्य जिल्ला   - ७६

जम्मा -५२४२



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell