PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

प्रकाश सुवेदीको 'माफी'ले पूजा शर्मा अचम्मित ! भनिन् : यो कलाकारको अपमान हो



पहिलोपोस्ट

प्रकाश सुवेदीको 'माफी'ले पूजा शर्मा अचम्मित ! भनिन् : यो कलाकारको अपमान हो

सोसल मिडियामा व्यापक आलोचना भएपछि टेलिभिजन प्रस्तोता प्रकाश सुवेदीले माफी मागे पनि अभिनेत्री पूजा शर्माले त्यसलाई अचम्मित बनाएको जनाएकी छिन्। शर्माले सुवेदीको अभिव्यक्तिविरुद्ध उजुरीसमेत दिएकी थिइन्।

आफ्नो अभिव्यक्ति कोही व्यक्तिप्रति लक्षित नभएको र प्रतीकात्मक भएको भन्दै उनले कसैलाई चोट पुग्न गएको खण्डमा माफी चाहन्छु भन्दै क्षमायाचना गरेका हुन्। उनले ‘दाह्रा’ शब्द प्रयोग हुन गएकोमा गल्ती भएको भन्दै आगामी दिनमा शब्द चयनमा ध्यान दिने समेत बताएका थिए।

आज अभिनेत्री शर्माले 'प्रस्तोताले जुन ढंगले घमन्ड र दम्भसहित राष्ट्रिय टेलिभिजनमा प्रस्तुत गर्नुभएको छ, यो सम्पूर्ण कलाकारको अपमान हो' भनेकी छिन्।

उनले एपी वान टेलिभिजनको रजतपट कार्यक्रममा भएको टिप्पणीविरुद्ध कलाकार संघ, निर्माता संघ, एपी वान टेलिभिजन लगायतमा उजुरी दिएको जनाएकी छिन्। उजुरीपछि प्रकाश सुवेदीले माफी मागेका थिए।

Ap1 टिभिको रजतपट कार्यक्रम मा भएको कलाकार प्रतिको अपमानजनक टिप्पणी बिरूद्द हिजो हामिले कलाकार संघ, निर्माता संघ , Ap1...

Posted by Pooja Sharma on Sunday, August 9, 2020

'भविष्यमा यस्ता घटनाहरू पुन: दोहोरिन सक्छ। अत: हामीले न्यायको लागि चलचित्रसँग सम्बन्धित सरोकारवाला संघ गुहारेका छौं। साथै, उक्त कार्यक्रम प्रसारण गर्ने टेलिभिजनमा पनि गएको छौं,' शर्माले लेखेकी छिन्, 'यो विषयलाई निज प्रस्तोताले लिएजस्तै हल्का रूपमा नलिइ गम्भीर भएर, भविष्यमा समेत नजीर बस्ने गरी न्याय प्राप्त गर्ने आशासहित लागि रहनेछौं।'

शर्माले क्षमा मागेको भिडियोले आश्चर्यमा पारेकोसमेत जनाएकी छिन्।

'त्यस्तो गम्भीर विषयमा उहॉले “दारे“ शब्द चिप्लिएर प्रयोग गरिएकोमा माफी पाऊँ भन्नु भो। “ दारे महानायिका“ शब्द चिप्लिएको होइन,' उनले लेखेकी छिन्, '...दुई दिनकी चँदनी फिर अन्धेरी रात, तिमिहरूको के हैसियत छ? भोलि हात जोडेर अन्तर्वार्ता दिन आउनुपर्ने दिन आउँछ, मैले एक से एक अभिनेत्री को अन्तर्वार्ता लिएको छु, तँ आउदिन भन्ने, तेरो के हैसियत के छ?' यो आशय स्पष्ट झल्किने त्यति लामो शब्दावली कसरी चिप्लिएको हुन सक्छ?'

पूजा शर्मामाथि अभद्र टिप्पणी भएपछि अभिनेत्री केकी अधिकारीले पत्रकारको चरित्र र मानसिकता उदांगो भएको प्रतिक्रिया दिएकी थिइन्। त्यसैगरी ऋचा शर्माले पत्रकारको दृष्टिमै समस्या रहेको टिप्पणी गरेकी थिइन्।

अभिनेत्री शर्मा विरुद्ध टेलिभिजन प्रस्तोता सुवेदीले असहिष्णु अभिव्यक्ति दिएपछि उनी खुलेर त्यसको विरोधमा उत्रेकी थिइन्। 

अपमानविरुद्ध बोलिन् अभिनेत्री पूजा शर्मा, सोध्छिन् : कति सहने?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell