PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

भक्तपुर घटना : कुकुरसहित तीन जनाको पोष्टमार्टम सकियो, रिपोर्ट कुर्दै प्रहरी



पहिलोपोस्ट

भक्तपुर घटना : कुकुरसहित तीन जनाको पोष्टमार्टम सकियो, रिपोर्ट कुर्दै प्रहरी

काठमाडौं : शुक्रवार मध्यपुर थिमि नगरपालिका ९ स्थित निकोसेरा भन्ने ठाउँमा घरभित्र मृत फेला परेका एकै परिवारका तीन जनाको शवको पोष्टमार्टम सकिएको छ। शनिवार भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा कुकुर सहित तीन जनाको पोष्टमार्टम गरिएको हो।

शुक्रवार आफ्नै घरमा ३६ वर्षीय सुदिप अधिकारी, उनकी ३४ वर्षीया पत्नी सम्झना अधिकारी र १५ वर्षीय सुशान्त (छोरा) मृत अवस्थामा फेला परेका थिए। त्यस्तै घरमा पालेको कुकुर समेत मृत अवस्थामा फेला परेको थियो।

'हिजो दिनभर लगाएर पोष्टमार्टम भयो। कुकुर समेतको पोष्टमार्टम गर्नु परेको छ। एकदमै डेप्थ रिपोर्ट मागेका छौं,' महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी तारादेवी थापाले भनिन्। अस्पतालले रिपोर्ट आउन केही समय लाग्ने जानकारी दिएको छ। पोष्टमार्टम रिपोर्ट नआइकन घटना हत्या, आत्महत्या वा हत्यापछिको आत्महत्या के हो भन्ने औपचारीक रुपमा भन्न नमिल्ने प्रहरीले बताउँदै आएको छ।

तर प्रहरीको प्रारम्भिक अनुसन्धानले हत्यापछि आत्महत्यातिर संकेत गरेको छ। फेला परेका शवमध्ये आमा र छोराको मृत्यु केही समयअघि र बाबुको पछि मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा देखिन्छ। किनकि दुई जनाको शव केही गन्हाएको छ। बाबुको शव भने केही फ्रेस रहेको प्रहरीले जानकारी दिएको छ।

शनिवार प्रहरीले घटनास्थल नजिकै रहेको खेतबाट दुईवटा बिषादीको बट्टा समेत फेला पारेको छ। सुदीप केही समयदेखि आर्थिक तथा मानसिक समस्यामा परेको समेत अनुसन्धानले देखाएको छ। उनले केही दिन अघि मात्र ससुरालीबाट २ लाख रुपैयाँ ऋण लिएका थिए। त्यस्तै बैंकबाट २४ लाख रुपैयाँ ऋणको लागि प्रक्रिया गरेको कागजसमेत फेला परेको छ।

'घर पनि ऋणमा लिएको देखिएको छ। हामीले ऋणको लागि प्रक्रिया गरेका केही कागज समेत फेला पारेका छौं,' अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने।

सुदीप केही समय अघिदेखि जागिर छाडेर बसेका थिए। उनको घरको भुँइ तलामा किराना पसल गर्दै आएका थिए। किराना पसल पनि केही दिनदेखि बन्द रहेको थियो। उनको बुबाआमा र भाइको परिवार भने सोही नगरपालिकाको वडा नम्बर ६ मा बस्दै आएका छन्। शुक्रवार भाइले नै उनीहरुको शव पहिलो पटक देखेका थिए। उनी भने करिब २ आनाको जग्गामा घर बनाएर त्यहाँ बस्दै आएका थिए।

सम्वन्धि समाचार

तीन जनाको मृत्यु संदेहपूर्ण बनाउने गरी खेतमा विषादीको बट्टा, बाथरुममा बान्ता, कमिजमा रगतका छिटा, ढोका चाहिँ खुला

भक्तपुरमा घरभित्र एकै परिवारका तीन जनाको शव फेला, घरमा पालिएको कुकुर पनि मरेको अवस्थामा भेटियो

जब भाइले घरभित्र छिरेर हेर्दा सबै परिवार मृत देखे…

भक्तपुरमा तीन जनाको शंकास्पद मृत्यु : घटनास्थल पुगेका वडाध्यक्ष भन्छन, 'शव गनाएर हेर्नै सकिएन'

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell