PahiloPost

Jan 18, 2025 | ५ माघ २०८१

नुवाकोट कांग्रेसको गाउँ/नगर अधिवेशन सम्पन्न : कुन तहको नेतृत्वमा को?



नुवाकोट कांग्रेसको गाउँ/नगर अधिवेशन सम्पन्न : कुन तहको नेतृत्वमा को?

काठमाडौं : नुवाकोट कांग्रेसको १२ स्थानीय तहकै अधिवेशन सम्पन्न भएको छ। अधिवेशनमा केही तहमा निर्वाचन र केही तहमा सर्वसम्मत नेतृत्व चयन भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

बोलकोटगढी नगरकमिटीको सभापतिमा लेखनाथ मुडभरीको प्यानल नै विजयी भएको छ। मुडभरी अर्जुननरसिंह केसी र जगदिश्वरनरसिंह केसी निकटको प्यानलका हुन्।

विदुर नगरपालिकाको सभापतिमा हरिलाल श्रेष्ठ विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी बद्री रिमाललाई एक मतले पराजित गर्दै श्रेष्ठले जित हात पारेका हुन्।

सभापतिमा विजयी भएका श्रेष्ठले एकसय ३६ मत पाउँदा रिमालले एकसय ३५ मत प्राप्त गरेका थिए।

जिल्लाको १२ स्थानीय तहमध्ये लिखु गाउँपालिकामा विनोद पाठक, दुप्चेश्वर गाउँपालिकामा रोजलाल मोक्तान, सूर्यगढी गाउँपालिका शंकर प्याकुरेल र किस्पाङ गाउँपालिकमा रणबहादुर तामाङ सर्वसम्मत सभापति बने।

पञ्चकन्या गाउपालिकामा माधव खनाल, म्यागङ गाउँपालिकामा सिंहराज तामाङ, तादी गाँउपालिकामा नारायणप्रसाद पाण्डे, ककनी गाउँपालिकामा भाग्यश्री लामा, शिवपुरी गाउँपालिकामा कविराज गुरुङ र तारकेश्वर गाउँपालिकामा केशव अर्याल सभापतिमा निर्वाचित भए।

सम्बन्धित समाचार

मकवानपुर कांग्रेसको १० वटै तहको गाउँ/नगर अधिवेशन सम्पन्न, कहाँ को चुनिए?

कांग्रेस पालिका अधिवेशन : रुपन्देहीका १६ वटै स्थानीय तहले पाए नयाँ नेतृत्व

कांग्रेस कञ्चनपुरका नौ वटै स्थानीय तहमा नेतृत्व चयन, कुन तहमा कसको नेतृत्व?

कांग्रेस सिन्धुलीका ९ वटै स्थानीय तहको अधिवेशन सम्पन्न : ७ मा सर्वसम्मत, दुईमा निर्वाचन

डोटी कांग्रेसको गाँउ/नगर अधिवेशन सम्पन्न, नेतृत्वमा को - को?

नुवाकोट कांग्रेसको गाउँ/नगर अधिवेशन सम्पन्न : कुन तहको नेतृत्वमा को?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell