PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

जियाको भ्रमणबारे देउवालाई ओलीको प्रश्न : सरकार एक चीन नीतिमा अडिग छ कि छैन ?



पहिलोपोस्ट

जियाको भ्रमणबारे देउवालाई ओलीको प्रश्न : सरकार एक चीन नीतिमा अडिग छ कि छैन ?

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारले असंलग्न परराष्ट्र नीति उल्लंघन गरेको आरोप लगाएका छन्।

आज प्रतिनिधिसभामा सम्बोधन गर्दै उनले अमेरिकी उपविदेशमन्त्री उज्रा जियाको भ्रमणलाई लिएर प्रश्न गरेका हुन्। तिब्बत मामिलाका लागि अमेरिकी विशेष संयोजकसमेत रहेकी जिया तीन दिने नेपाल भ्रमणका क्रममा गत शुक्रबार काठमाडौं आएकी थिइन्। भ्रमणका क्रममा जियाले तिब्बती शरणार्थी शिविर र बौद्ध क्षेत्रको भ्रमण गरेकी थिइन्। उनको भ्रमणलाई लिएर चीनले समेत आपत्ति जनाएको थियो।

नेपाल एक चीन नीतिमा अडिग छ। तर, उपविदेश मन्त्रीको तिब्बती शरणार्थी शिविरकव भ्रमणले सरकार परराष्ट्र मामिलमा चुकेको ओलीको भनाइ छ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न सोध्दै भने : नेपाल एक चीन नीतिमा छ कि छैन?  आफ्नो भूमि प्रयोग गर्न नदिनेमा अडिग छ कि छैन? कहाँसम्म सीमा भन्ने पनि थाहा छैन। प्रधानमन्त्रीज्यू स्पष्ट जवाफ चाहियो।

ओलीले पूर्व प्रधानमन्त्रीका रुपमा चीनसँग जोडिएको क्षेत्रमा जाँदा आफूले पनि स्वीकृति लिनुपर्ने भन्दै उनले उपविदेश मन्त्री आउँदा सरकार ‘थुरथुर’ भएको बताए।

‘मैले हुम्लामा जाँदा, आफ्नै देशभित्र जाँदा इजाजत लिनुपर्छ? छिमेक सम्बन्धका संवेदशनशिला खै? बलियो भन्नु हुन्छ। विदेशमन्त्री पनि होइन सहायक मन्त्री आए पनि थुरथुर भएर तीन दिन ज्वरो हट्दैन, कसरी स्वधीनताको रक्षा गर्नुहुन्छ?’

सम्बन्धित समाचार : संसदमा गठबन्धनविरुद्ध ओलीको आरोपैआरोप : निर्वाचनमा धाँधली भयो, एमाले सिध्याउँछु भन्ने हक कसले दियो?

नीति तथा कार्यक्रमको बुँदा नम्बर १३६ बारे संसदमा ओलीको 'क्लास' 

आरजुको ‘अफर’ मा ओलीको ‘कमेन्ट’ : मानौ पार्टी प्राइभेट लिमिटेड हो

नीति तथा कार्यक्रम चास्नीमा नडुबाई तेलमामात्रै तारेको जेरीजस्तो, खल्लो छ : ओली



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell