PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

व्यस्त चोकमा गाडीमा वरिपरि घुमाइ-घुमाइ यसरी हानियो मोहम्मदलाई गोली…(भिडिओ)



सविन ढकाल

व्यस्त चोकमा गाडीमा वरिपरि घुमाइ-घुमाइ यसरी हानियो मोहम्मदलाई गोली…(भिडिओ)

काठमाडौंः सोमबार साँझ करिब पौने सात बजेतिर सर्लाही गोडैचा नगरपालिका-२ घर भएका ५८ वर्षीय लाल महम्मद (दर्जी)  बा ६ च ५१५२ नम्बरको कारबाट ओर्लिन्छन्। कार उनका साथी रामप्रसाद गौतमले चलाएका हुन्छन्। उनीहरु जोरपाटी पुगेर सामान लिएर साँझ पौने ७ बजेतिर कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ स्थित गोठाटार फर्किएका हुन्छन्।

पानी पनि परेकाले रात परिसकेको हुन्छ। तर व्यस्त चोक भएकाले मानिसको चहलपहल देखिन्छ। मोहम्मद कारबाट झर्नेबित्तिकै उनको पछाडिबाट रातो रंगको लुगा लगाएको मान्छेले गोली प्रहार गर्छ। गोली प्रहार भएपछि उनी गाडीको वरिपरि घुमिरहेका हुन्छन्। तर उसले फेरि अर्को फायर खोल्छ।

गाडी रोकेर ओर्लिनेबित्तिकै उनीमाथि गोली प्रहार भएको रामप्रसाद गौतमले बताए।

'उहाँसँगै गाडीमा हुनुहुन्थ्यो ओर्लिनेबित्तिकै गोली प्रहार गरे। म गाडीको सिसा लगाउँदै थिए।,' गौतमले भने।

घटनास्थल नजिकै करिब ४ सय मिटरको दुरीमा प्रहरी विट रहेको छ। घटनास्थलबाट करिब डेढ समय मिटरको दुरीमा वाग्मती खोला र त्यसको पारिपट्टि प्रहरी बिट रहेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंबाट एसपी दिनेशराज मैनालीको नेतृत्वमा टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ। गोली कसले चलायो भन्ने खुलेको छैन। गोली प्रहार गरेपछि फरार रहेका व्यक्तिको खोजी भइरहेको छ। पल्सर मोटरसाइकलमा आएका अज्ञात समूहले गोली चलाएका थिए। त्यसपछि उनीहरू मोटरसाइकलमा नै फरार भएकाले खोजी भइरहेको छ। दुई जनाले‍ गोली चलाएको खुलेको छ। तर बाइकमा जाँदा भने तीन जना गएको प्रत्यक्षदर्शीले जानकारी दिए।

घाइते मोहम्मदको उपचारको क्रममा मृत्यु भएको छ।

गोठाटार गोली प्रकरणः घाइते गार्मेन्ट व्यवसायी मोहम्मदको उपचारको क्रममा मृत्यु, गोली प्रहार गर्ने खोजीमा प्रहरी

गाडीबाट ओर्लिनेबित्तिकै मोहम्मदमाथि गोली प्रहार, त्यसपछि पल्सर बाइकमा चढेर फरार…

यस्तो छ गोठाटार गोली प्रकरणको घटनास्‍थल

गोठाटार गोली प्रकरणः घाइते हुने सर्लाहीका लाल मोहम्मद दर्जी

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell