PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सन्दीप लामिछानेविरुद्ध डिफ्युजन नोटिस जारी, अब अन्य देशका प्रहरीको पनि खोजीमा



पहिलोपोस्ट

सन्दीप लामिछानेविरुद्ध डिफ्युजन नोटिस जारी, अब अन्य देशका प्रहरीको पनि खोजीमा

काठमाडौं : नाबालिग किशोरी बलात्कारको आरोप लागेका क्रिकेट खेलाडी सन्दीप लामिछाने विरुद्ध प्रहरीले डिफ्युजन नोटिस जारी गरेको छ। बलात्कारको आरोप लागेपछि विदेशबाटै बेपत्ता भएका उनले सोसल मिडियाबाट 'राष्ट्रवादी कार्ड' प्रयोग गर्दै नेपाल आउने जानकारी दिएका थिए। हिजोमात्र फेसबुकमा सक्रिय देखिएका नेपाली क्रिकेट टीमका निलम्बित क्याप्टेन सन्दीप विरुद्ध नेपाल प्रहरीको इन्टरपोल शाखाले नोटिस जारी गरेको प्रहरी प्रवक्ता डीआइजी टेकबहादुर राईले बताए।

'इन्टरपोल च्यानल मार्फत् डिफ्युजन नोटिस जारी भइरहेको छ। यो नियमित प्रकृया नै हो,' राईले भने।

हिजोमात्र लामिछानेले आफू नेपाल फर्कने तयारीमा रहेको सार्वजनिक गरेका थिए। सामाजिक सञ्जाल फेसबुकमा सन्दीपले दोस्रो पटक नेपाल फर्किने प्रतिवद्धता जनाएका हुन्। अब इन्टरपोलको सदस्य भएका राष्ट्रका प्रहरीले लामिछानेलाई भेटाएको खण्डमा नेपाल प्रहरीलाई जानकारी दिन्छन्। त्यसपछि लामिछानेलाई नेपाल ल्याउने प्रक्रिया सुरु हुन्छ।

यसअघि पनि सन्दीपले चाँडै नेपाल फर्कने बताएका थिए। त्यसपछि एकाएक सम्पर्कबिहीन भएका थिए उनी। घटना बाहिरिँदा सन्दीप नेपाल बाहिर थिए। उनले आफूविरुद्ध जाहेरी परेको भदौ २२ गते थाहा पाएको हिजोको फेसबुक पोस्टमा उल्लेख गरेका छन्। झुटा रुपमा एकपक्षीय रुपमा चरित्रमा आँच आउनेगरी समाचार सम्प्रेषण भएको पनि सन्दीपले आरोप लगाएका थिए। 

एक नाबालिग किशोरी (१७ वर्षीया) माथि करणी गरेको उजुरी प्रहरीमा दर्ता भएसँगै सानो उमेरमै करिअरको उच्चतम विन्दु चुमिरहेका सन्दीप एकाएक संकटमा पुगेका हुन्। उजुरीलगत्तै प्रहरीले लामिछानेविरुद्ध प्रमाण सङ्कलन गर्न सुरु गरेको थियो।

भदौ ५ गते कप्तान लामिछानेले किशोरीलाई बोलाएर होटेलमा लगेर करणी गरेको उजुरीमा उल्लेख छ। प्रहरीमा परेको उजुरी अनुसार साँझ लामिछानेले ती किशोरीलाई कफी खान भन्दै बोलाएका थिए। त्यसपछि नगरकोट घुम्न जाने भन्दै लगेका थिए। नगरकोटमा किशोरीले बस्न नमानेपछि उनीहरू फर्किएर गौशालाको एक होटेलमा पुगेका थिए। रातिको ११ बजेर ५५ मिनेटमा होटेलमा लगेर लामिछानेले किशोरीलाई पटक पटक करणी गरेको उजुरीमा उल्लेख गरिएको छ। प्रहरीले होटेलमा गएर पनि लामिछानेको उपस्थितको बारेमा प्रमाण सङ्कलन गरिसकेको छ।

सम्बन्धित समाचार

दिनभर घुमाएर राती होटेलमा पुर्‍याएर लामिछानेले पटकपटक करणी गरेको युवतीको आरोप, प्रमाणले देखिए विमानस्थलबाट नै पक्राउ पर्ने

जबर्जस्ती करणीको आरोप लागेका सन्दीप लामिछानेविरुद पक्राउ पुर्जी लिने प्रहरीको तयारी

सामाजिक सञ्जालबाट सम्पर्क बढाएर किशोरीलाई करणीसम्म गरेको आरोप, सन्दीपविरुद्ध कसरी अगाडि बढ्छ अनुसन्धान?

सन्दीप लामिछानेलाई पक्राउ गर्न प्रहरीले पायो अनुमति, अब विमानस्थलबाटै पक्राउ गर्न सक्ने

'योजनाबद्ध' देखिँदै सन्दीपको केस : कफीको बहानामा किशोरीलाई ट्रयापमा पारेर होटेलको यात्रा!

सन्दीपको प्रतीक्षामा प्रहरी : कहिले फर्किएलान् नेपाल? नफर्किए के हुन्छ 'केस'?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell